पोखरा रंगशाला फुटबल मैदानका लागि तेश्रो कन्साइनमेन्ट दुबो आइपुग्यो

पोखरा, पोखरा रंगशालाको फुटबल मैदानमा लाग्ने आवश्यक बर्मुडा दुबोको तेश्रो कन्साइनमेन्ट मंगलबार पोखरा आइपुगेको छ ।

पोखरा आइपुगेको करिब १७ हजार स्क्वायर फिट दुबो मैदानमा रोपिएको रंगशाला निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक बरालले जानकारी दिएका छन । मैदानमा लाग्ने ८५ हजार स्क्वायर फिट दुबो मध्ये ६१ प्रतिशत अर्थात ५२ हजार स्क्वायर फुट दुवो मैदानमा रोपिइसकेको उनले जानकारी दिए ।

मैदानमा लाग्ने बाँकी ३४ हजार स्क्वायर फिट दुबो मंगलबार भारतको कलकत्ता बाट विरगञ्ज भन्सारमा आइपुगेको निर्माण कम्पनीले जनाएको छ । ‘मैदानको भाग हाम्रो लागि महत्वपूर्ण थियो जुन काम हामीले सक्ने अवस्थामा छौं’ प्रोजेक्ट म्यानेजर बरालले भने–‘अरु काम सहित रंगशालाको ६० प्रतिशत भन्दा वढी काम सकेका छौं ।’

रंगशालामा ८–१० हजार कुर्ची लाग्ने ग्राण्ड स्टाण्ड यहि कार्तिक ११ गते भारतको विशाखापट्टनम वन्दरगाहमा आइपुग्ने निर्माण कम्पनीले जानकारी दिएको छ । ‘हब हामीले यथासिघ्र ग्राण्ड स्टाण्डको सामान नेपाल ल्याउन पहल थालेका छौं’ उनले भने–‘सामान छिटो झिकाउन सम्बन्धित मन्त्रालय र भारितय राजदुताबास मार्फत पहल थाल्न पत्राचार गर्दैछौ ।’ उक्त ग्राण्ड स्टाण्डका दुई जना प्राविधिकहरु फ्रान्स बाट पोखरा आइपुगेका छन । निर्माणकम्पनीले रंगशाला भित्र करिब १.६ किलोमिटर सडक निर्माण सम्पन्न गर्ने कामलाई समेत तिव्रता

बिच भलिबलको निर्माणको काम जारी
१३ औं दक्षिण एसियाली साग अन्तरगत पोखरामा हुने बिच भलिबल कोर्ट निर्माणको काम जारी रहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताएका छन । नेपाल ट्रष्टको फेवाताल किनार बाराही घाटमा रहेको करिब ८ रोपनी जग्गामा तिन वटा नयाँ विच भलिबल कोर्ट तयार गर्ने गरि काम अधि बढेको हो । राष्ट्रिय खेलकुद परिषदले ५२ लाखको लागतमा उक्त कार्य सुरु गरेको हो ।

फेवाताल सफाई अन्तरगत निकालिएको माटोले यति बेला उक्त क्षेत्रमा रहेको खाल्टो पुरेर सम्याउने काम भइरहेको छ । अहिले माटो ओर्सान ८ वटा ट्रिपरहरु प्रयोग गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले जानकारी दिए । उक्त स्थानलाई सम्याउन करिब ५ हजार ५ सय घन मिटर माटो र बालुवा आवश्यक पर्ने उनले जानकारी दिए । तिन वटा कोर्ट निर्माण सम्पन्न पछि पहिलेको कोर्ट सहित चार वटा विच भलिबल कोर्ट हुनेछन ।

पोखरामा कुन–कुन खेल हुँदै
१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत पोखरामा कुल ९ वटा खेलहरु हुने छन । जस अन्तरगत महिला फुटवल, महिला पुरुष ह्याण्डबल, महिला पुरुष विच भलिबल, महिला पुरुष आर्चरी, महिला पुरुष प्याराग्लाइडिङ, महिला पुरुष भारोत्तोलन, महिला पुरुष व्याडमिन्टन, महिला क्रिकेट र महिला पुरुष ट्राइयाथोलन हुनेछन ।

पोखरामा बन्द प्रशिक्षणमा कुन कुन खेलहरु
साग अन्तरगत महिला फुटबल, महिला पुरुष ह्याण्डबल, बक्सिङ, प्याराग्लाइडिङ, आर्चरी, व्याडमिन्टनका खेलाडीहरु पोखरामा रहेर अन्तिम चरणको बन्द प्रशिक्षणमा व्यस्त रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close