
पोखरा स्पोर्टस । कास्कीका फेन्सिङ खेलाडीहरु शुक्रबार काठमाडौ प्रस्थान गरेका छन् ।
नेपाल फेन्सीङ संघ तथा वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको आयोजनामा ‘वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता २०७८’मा भाग लिन कास्कीका खेलाडीहरु काठमाडौ प्रस्थान गरेका हुन् ।
प्रस्थान गर्नु अघि खेलाडीहरुलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले अनुशासित भएर प्रतिस्पर्धामा उत्रिन तथा सिल्ड ल्याउन शुभकामना व्यक्त गरे । उनले खेलाडी र अफिसियल गरि २५ जनालाई फर्किदाँ मनकामना माताको दर्शन गरेर आउन मनकामना केबलकारको टिकट व्यवस्थापन गर्ने जनाए ।
फेन्सिङ संघ कास्कीका अध्यक्ष बिजय शाही अफिसियलमा, प्रशिक्षकहरु रेखमाया गुरुङ र छवि गुरुङ, रेफ्रि सन्जिव वराल, व्यवस्थापक निसान कार्की र चिजा गुरुङ लगाएत १९ जना खेलाडी सहभागी हुने भएका छन् ।
