
पोखरा, जिल्ला समन्वय समिती कास्कीका सदस्य तोरण बहादुर बानिया र कास्की जिल्ला साइकल संघका अध्यक्ष शंकर भण्डारी आज कोरिया तर्फ प्रस्थान गरेका छन ।
पोखरा महानगरका तर्फ बाट कोरियाका गियोङ्गी–डोमा आयोजना हुने ‘दिगो बिकासका लागि स्मार्ट टोक्नोलोजी तथा प्रयोग’ कार्यक्रममा सहभागिताका लागि त्यस तर्फ प्रस्थान गरेका हुन ।
यहि अक्टोबर २१ देखि २३ तारिख सम्म संचालन हुने उक्त कार्यक्रममा सहभागिता जनाउने तथा उक्त शहर साइकल सिटीका लागि समेत प्रख्यात रहेकोले पोखरा र कोरिया स्थित गियोङ्गी–डो शहरलाई साइकल सिटीका रुपमा समेत जोड्न भविष्यका कार्यक्रमहरु तय गरिने जिल्ला समन्वय समिती कास्कीका सदस्य बानियाले बताए ।
पोखरालाई साइकल सिटीका रुपमा अगाडी बढाउन विभिन्न कार्यक्रमहरु भइरहेको र कोरियालाई पोखरालाई साइकल सिटी संग जोडन सकियो भने खेलकुद पर्यटनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बानियाले बताए । उनले भने–‘हाम्रो लागि यो कार्यक्रम निकै महत्वपूर्ण छ पोखरालाई स्मार्ट सिटीको रुपमा बिकास गर्न र खेलकुद संग जोडन सकेमा ठूलो उपलव्धि हुनेछ ।’
दुवै जना कोरिया हुँदै अष्ट्रेलियाको समेत भ्रमण गर्ने योजना तय भएको जनाइएको छ ।
