पोखरा अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्रि रेसको उपाधी एपिएफ टिमले जित्यो

पोखरा, पोखरामा पहिलो पटक आयोजना भएको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्रि ट्रेल रेस’को उपाधी शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

२२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ अन्तरगत सम्पन्न प्रतियोगितामा एपिएएफ टिमले ४ घन्टा १७ मिनेट २२ सेकेण्डले उक्त दुरी पार गर्दै उपाधी पाएको हो । एपिएफका तर्फ बाट सन्तोष बिक्रम विष्ट, गणेश ठकुरी र ईन्द्रकला नेम्वाङ सहभागी थिए ।

त्यसै गरि प्रतियोगितामा नेपाल तर्फकै टिम गुरिल्ला ट्रेल टिमले ४ घन्टा १८ मिनेट २३ सेकेण्डको समयमा दुरी पार गर्दै दोश्रो स्थान हासिल गरेको छ । उक्त टिमका तर्फ बाट दामोदर बुढा मगर, दुर्गा राज बुढा र रसिला तामाङले प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगितामा चिन कुनमिङ शहरको काइनेटिक टिमले तेश्रो स्थान हासिल गरेको छ । ४ घन्टा २४ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै चिनिया टिम तेश्रो भएको हो । चिनिया टिम बाट चेङ यि झेन, पाङ यूइजु र लाई यू जुन प्रतिष्पर्धामा थिए ।

नेपालको अन्नपूर्ण टिम भने चौथो हुँदै चिनको कुनमिङमा यहि डिसेम्वरमा आयोजना हुने जिआओजि १०० किमी दौडमा सहभागिता जनाउन पाउने भएका छन । आयोजकले नेपाली प्रथम, द्वितिय र तृतिय हुनेलाई उक्त दौडमा सहभागिता गराउने जनाएका थिए । प्रतियोगितामा चौथो र नेपाल बाट तेश्रो भएको अन्नपुर्ण टिम बाट जिवन लामा, समर राई र प्रतिभा श्रेष्ठ सहभागी थिए ।

यता इन्डिभिजुअलमा चिनका झाङ जि ले ३९ किलोमिटर दौड ३ घन्टा ३९ मिनेट २७ सेकेण्डमा पार गर्दै प्रथम भएका छन । यसे गरि दोश्रो स्थानमा चिनका चाङ थियान फे दोश्रो भए । उनले उक्त दुरी ३ घन्टा ५० मिनेट १२ सेकेण्डमा पुरा गरे भने तेश्रो स्थानमा ४ घन्टा १ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै झाओ गुआन वान तेश्रो भए ।

बाराही घाट बाट शुरु भएको दौड, राष्ट्रबैक चोक, ड्यासमइड, डेभिसफल, तिवेतेन क्याम्प, फुर्सेखोला, कमेरा, राम्दी, मट्टिखान, रामकोट, कुभिण्डे, उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखले डाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्ला गाउँ (गौरी प्रावी), ढुङ्गेपानी, शान्तीस्तुपा पार्किङ, स्तुपा, अनदु डाँडा, लिची बोट हुँदै बोटिङ गरेर बाराही घाटमा पुगेर सकिएको थियो भने इन्डिभिजुअल तर्फको दौड शान्ती स्तुपामा सकिएको थियो ।

पोखरा बाराही घाटमा दौड शुरु हुनु अघि गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्रि नर देबी पुनले यस प्रकारको  प्रतियोगिताले दुई देश बिचको सम्वन्धलाई थप बलियो बनाउने बताइन ।

प्रतियोगिताका संयोजक विश्व शंकर पालिखेको अध्यक्षतामा भएको कार्यक्रमा पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशी, आयोजक मध्येका पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी र चिनिया प्रतिनिधीले बोलेका थिए ।

पोखरामा पहिलो पटक आयोजना भएको यो कार्यक्रम पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेशन एसोसियशनको शंयूक्त आयोजनामा भएको थियो ।

प्रतियोगितामा १ सय ५ धावकहरुको सहभागिता रहेको थियो । जसमध्ये २५ टिम नेपालका थिए भने दुई टिम चीनका रहेका थिए । बाराहीघाट चौरमा भएको उदघाटन सत्रको कार्यक्रममा गण्डकी प्रदेश सासंद दिपक कोइराला, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ लगायत व्यवसायी, पत्रकार र कलाकार सहित खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो । हिमाली सांस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close