पारस कप्तान बाट बाहिरिए, ‘क्रिकेटमा नयाँ यूगको शुरुवात गर्न राजिनामा दिदैंछु’

पोखरा, क्रिकेटका राष्ट्रिय टिमका टीम क्याप्टेन पारस खड्काले टिम क्याप्टेनबाट राजिनामा दिएका छन् । उनले आफ्नो राजीनामाको कारण खुलाउँदै फेसबुकमा यस्तो स्टाटास समेत लेखेका छन ।

पारसले नेपाल क्रिकेटको निलम्बन हटाएको थाहा पाउँदा आफूलाई निकै खुसी लागको बताउँदै लेखेका छन–‘नेपालमा निर्वाचित क्यानको नयाँ कमिटीले नेपाल क्रिकेट, खेलाडी र यसका सरोकारवालाको भलाइका लागि काम गरेको हेर्न चाहन्छ ।’

उनले आफ्नो छोटो स्टाटसमा लेखेका छन–‘मइलेनै नेपाल क्रिकेट टोलीका कप्तानको रूपमा पदबाट राजीनामा गर्ने निर्णय गरिसकें किनकि यहाँ नयाँ यूगको शुरुवात गर्ने हो र यसमा संलग्न सबैले प्रतिबद्ध दृष्टिकोण बाट अगाडी बढ्नु पर्छ ।’

पारसले आफ्नो कप्तानी यात्राका दौरान सहयोग गर्ने सबै सबैप्रती आभार समेत व्यक्त गर्दै लेखेका छन–‘सबै खेलाडीहरु, प्रशिक्षकहरु, अम्पायरहरु, ग्राउन्ड्सम्यानहरु, मेरा मित्रहरु तथा मेरो परिवार सबैलाई धन्यवाद दिन चाहान्छु जसले मलाई यो अविश्वसनीय यात्रामा सहयोग गरेको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close