एनोकको बैठकमा सहभागिता जनाउन एनओसीका अध्यक्ष र महासचिब दोहा प्रस्थान

पोखरा, एशोसियसन अफ नेशनल ओलोम्पिक कमिटी (एनोक) को बैठकमा सहभागिता जनाउन नेपाल ओलोम्पिक कमिटी (एनओसी) का अध्यक्ष तथा प्रतिनिधी सभा सांसद जिवनराम श्रेष्ठ र महासचिब निलेन्द्रराज श्रेष्ठ मंगलबार कतारको दोहा प्रस्थान गरेका छन ।

यहि अक्टोबर १७ र १८ तारिखमा सम्पन्न हुने १८ औं साधारण सभामा नेपालका तर्फ बाट सहभागिता जनाउन लागेको एनओसीका महासचिब श्रेष्ठले बताएका छन ।

साधारण सभामा दक्षिण एसियाली राष्ट्रहरुको समेत सहभागिता हुने भएकोले नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का बारेमा उनीहरु संग थप छलफल गरिने महासचिब श्रेष्ठले बताए । ‘सबै साग देशका आलोम्पिक कमिटीका प्रतिनिधीहरु हुने भएकोले पनि हामीले साग तयारी बारे उनीहरु संग कुरा गर्नेर्छौ ।’

साधारण सभामा २०६ राष्ट्रका प्रतिनिधीहरुको सहभागिता हुने भएकोले सबै राष्ट्रलाई नेपालका तर्फ बाट सागको ‘म्यासेज’ समेत दिइने महासचिब श्रेष्ठले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close