एटिएफ जुनियर टेनिस च्याम्पियनशिप पोखरामा सुरु

पोखरा,  होटल ट्रेकर्स इन एसियन यू–१४ सि–२ वरियता टेनिस च्याम्पियनशिप प्रतियोगिता सोमबार बाट पोखरा रंगशाला स्थित टेनिस कोर्टमा सुरु भएको छ । पोखरामा यस प्रकारको प्रतियोगिता दोश्रो पटक आयोजना भएको हो ।

उक्त प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष एवम नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले यस प्रकारको प्रतियोगिताले पोखराको खेल क्षेत्र संगै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताएका छन ।

पछिल्लो समयमा कास्की जिल्ला टेनिस संघले धेरै महत्वपूर्ण प्रतियोगिताहरु आयोजनाका साथै टेनिस कोर्टहरु पूर्वाधार बिकासमा गति दिएको प्रती उपाध्यक्ष गुरुङले प्रशंसा गरे । उनले राज्यको सहभागिताले मात्रै खेल क्षेत्र अगाडी बढन नसक्ने बताउँदै खेलकुद भित्र एकले अर्काको अस्तित्वलाई स्विकार गर्न सकेमात्रै खेलकुद क्षेत्रले गति लिने बताए ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिब नविन चालिसे लगाएतले आ–आफ्ना भनाई राखेका थिए । प्रतियोगितामा मित्रराष्ट्र भारत, नेपाल र तेश्रो मुलुकका गरि ४६ जनाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close