यूरोपेली ह्याण्डबल प्रशिक्षक नेपाल आइपुगे, नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिने

पोखरा,
नेपाल ह्याण्डबल संघको निमन्त्रणा तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाली राष्ट्रिय ह्याण्डबल टिमलाई प्रशिक्षण दिने गरि यूरोपेली प्रशिक्षक नेपाल आएका छन ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने ह्याण्डबल खेलको प्रशिक्षणका लागि पोर्चुगलका ह्याण्डबल प्रशिक्षक जोआ फ्लोरेन्सियो नेपाल आएको नेपाल ह्याण्डबल संघका अध्यक्षले जानकारी दिएका छन ।

पोखरा आइपुगेका प्रशिक्षक फ्लोरेन्सियोलाई पोखरा बिमानस्थलमा नेपाल ह्याण्डबल संघका अध्यक्ष गुरुङ, नेपाल ह्याण्डबल संघका सचिब केशब पाठक, कास्की जिल्ला ह्याण्डबल संघका कार्यवाहक अध्यक्ष चित्र थापा, कास्कीका सचिब टेक गुरुङ, महिला ह्याण्डबल टिम म्यानेजर शान्ती बैद्य लगाएतले स्वागत गरेका थिए ।

काठमाण्डौ त्रिभुवन विमानस्थलमा स्वागत गर्दै वरिष्ठ उपाध्यक्ष केसी, महासचिब रेग्मी र मुख्य ह्याण्डबल प्रशिक्षक दाहाल

पोर्चुगल बाट काठमाडौ त्रिभुवन विमानस्थल अवतरण गरेका प्रशिक्षक फ्लोरेन्सियालाई नेपाल ह्याण्डबल संघका वरिष्ठ उपाध्यक्ष राम कृष्ण केसी, महासचिब सन्देश रेग्मी र मुख्य ह्याण्डबल प्रशिक्षक हिमाल दाहालले स्वागत गरेका थिए ।

करिब तिन महिनाका लागि प्रशिक्षणमा आएका प्रशिक्षक फ्लोरेन्सियो अनुभवी प्रशिक्षकका रुपमा परिचित छन । फिजिकल स्पोर्टस साइन्स समेत अध्ययन गरेका उनी अफ्रिकाको अंगोलामा करिब दुई बर्ष प्रशिक्षण दिएको अनुभव संगालेका छन भने पोर्चुगलको यूवा ह्याण्डबल टोलीलाई समेत प्रशिक्षण दिइसकेका छन । उनले भोली बाट टिमको प्रशिक्षण सम्हाल्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close