आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन, सुष्मिता र भिम उत्कृष्ट

पोखरा स्पोर्टस । नेपाल आर्मी २४औं आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा बागमती प्रदेश प्रथम यु–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा भएको प्रतियोगिताको राष्ट्रियमा आर्मीले १३ स्वर्ण, ७ रजत र ५ कांस्य जित्यो । दोश्रो भएको लुम्बिनी प्रदेशले ५ स्वर्ण, ६ रजत र ३ कांस्य हात पा¥यो । ३ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ बागमती प्रदेश तेश्रो स्थानमा रह्यो । पुरुषमा आर्मीका भीमबहादुर तामाङ तथा महिलामा गण्डकी प्रदेशकी सुस्मिता थापा मगर उत्कृष्ट खेलाडी घोषित भए ।

यु–१५ मा च्याम्पियन बनेको बागमतीले ५ स्वर्ण, ३ रजत र ७ कांस्य हात पा¥यो । ३ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ गण्डकी दोश्रो तथा २ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ एपीएफ तेश्रो बने । यु–१५ को पुरुषमा सुदूरपश्चिम प्रदेशका भुपेश नाथ तथा महिलाा गण्डकीकी सन्ध्या खत्री उत्कृष्ट चुनिए ।

विजेतालाई राज्य तथा सुशासन व्यवस्थापन समितिका सभापति रामहरि खतिवडा, आयोजक महासंघका अध्यक्ष प्रवीण कार्की, महासचिव घमबहादुर थापा मगरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close