
पोखरा,
बाग्लुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पुर्णिमा मेला आयोजना हुने भएको छ ।
आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको १७औं वार्षिकात्सवको अवसरमा ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता आयोजना गर्न लागेको हो ।
नेपालीहरुको महानपर्व दशैको कोजाग्रत पुर्णिमाको अवसरमा आयोजना हुने मेलामा पुरुष र महिला नगरपालिकास्तरीय मेयर रनिङ शिलड भलिबल प्रतियोगिता, रस्सा कस्सा, महिला र पुरुष छेलो, जिल्ला स्तरीय खुल्ला ब्याडमिन्ट प्रतियोगिता र जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसिप आयोजना हुनेछ ।
यसबाहेक खुल्ला एकल नृत्य, सामुहिम नृत्य, पञ्चेबाजाका साथै कृषि प्रदर्शनी, सराय नाँच र विविभ झाँकी प्रदर्शन हुने क्लबका अध्यक्ष सोम बहादुर पौ।वी।ले जानकारी गराए ।
प्रतियोतिमा १६ भन्दा बढी टोलीको सहभागिता रहे नकआउट र १६ भ्नदा कम रहे लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने अन्तर्राष्ट्रिय रेफ्री कुल बहादुर रानाले जानकारी गराए । रनिङ गोल्डकप २३ असोजबाट २ कात्तिकसम्म सञ्चालन हुनेछ ।
भलिबलतर्फको पुरुषतर्फको विजेताले स्वर्णजडित कपसँगै १ लाख रुपैया हात पार्नेछ । दोस्रोले ६० हजार रुपैया हात पार्नेछ । महिलाको विजेताले ६० हजार र उपविजेताले ४० हजार पाउनेछ ।
रस्सा कस्साको विजेताले १५ हजार र दोस्रो हुनेले १० हजार पाउनेछ । पुरुष र महिला छेलो विजेताले १० हजार तथा दोस्रोले ५ हजार पाउनेछ ।
तेक्वान्दोको विजेताले २० हजार दोस्रोले १५ हजार पाउनेछ । ब्याडमिन्टनको पुरुष डबल्स ‘ए’ को विजेताले २५ हजार, दोस्रोले १५ हजार तेस्रो हुनेले समान ३–३ हजार पाउनेछ । पुरुष डबल्स् ‘बी’ ले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले समान २–२ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित लाग ३६ लाख रुपैया रहेको छ ।
