
पोखरा,
लामो समय देखि अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आइसिसी)को निलम्वनमा रहेको नेपाल क्रिकेट संघले शनिवार बाट नयाँ नेतृत्व पाएको छ । शनिवार सम्पन्न निर्वाचनमा क्यानको अध्यक्षमा चतुर बहादुर चन्द निर्वाचत भएका छन ।
सम्पन्न निर्वाचन कुल खसेको ५९ मतमा आफ्ना प्रतिद्वन्दी बिनयराज पाण्डेलाई १५ का विरुद्ध ४४ मत प्राप्त गरि अध्यक्ष पदमा चन्द बिजयी भएका हुन । सम्पन्न निर्वाचनमा उपाध्यक्षमा रालुबाबु श्रेष्ठले मिङ्गमा डण्डु शेर्पालाई १७ का विरुद्ध ४३ मतले पराजित गरे ।
यसै गरि सचिबमा अशोकनाथ प्याकुरेल ४५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी बिनोद मैनालीले १५ मत पाएका थिए । कोषाध्यक्षमा रोशन सिंह बिजयी भएका छन । उनले प्रतिद्वन्दी उपेन्द्र भट्टराईलाई १२ का विरुद्ध ४५ मतले पराजित गरे ।
गण्डकी प्रदेश बाट गौतम निर्विरोध
गण्डकी प्रदेशका तर्फ बाट ऋषीराम गौतम निर्विरोध निर्वाचित भएका छन ।
त्यसै गरि प्रदेश १ बाट कैलाश विष्ट, प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ३ बाट अमितबिर पाण्डे बिजयी बनेका छन भने प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, ६ बाट पदमबहादुर खड्का र ७ बाट विक्रम विष्ट निर्वाचित भए ।
खुल्ला तर्फ बाट करण मल्होत्रा, दुर्गाराज पाठक, वीरेन्द्र चन्द, माधवकुमार कर्माचार्य, र सञ्जय सिंह निर्वाचित भएका छन भने केन्द्रीय सदस्यमा महिलाबाट जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन ।
