पर्वतको नव कालिकाले फलेवासमा खेलकुद र साँस्कृतिक कार्यक्रम गर्ने

पोखरा,
पर्वतको फलेवास नगरपालिका ३ मा स्थापित नव कालिका सामुदायिक क्लवले नेपालीहरुको पर्वको अवसर पारेर खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । क्लवद्वारा विहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विभु भुसालले असोज १५ गतेदेखि १९ गतेसम्म उक्त कार्यक्रमहरु गर्ने जानकारी दिए ।

खेलकुद अन्तरगत खुल्ला भलिबल प्रतियोगिता, लिमेभुमेकोट मिनी दौड प्रतियोगिता, घैंटो फुटाउने प्रतियोगिता रहनेछन् । भने साँस्कृतिक कार्यक्रम अन्तरगत ख्याती प्राप्त लोक तथा दोहोरी गायक गायिकाहरुका साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक विनोद सुनारले बतााए । चर्चित गायक रामजी खाँड, गायिफलेवासका तुलसा जि.सी. लगायतका कलाकाहरुको प्रस्तुती रहने छ ।

कार्यक्रम नगरपालिका ३ स्थित राम माध्यमिक विद्यालयको प्राङ्गणमा हुनेछ । कार्यक्रम सम्पन्न गर्न ८ लाख ५३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

खुल्ला भलिबल तर्फको विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने तथा विधागत तर्फ पनि पुरस्कार प्रदान गरिने क्लवका खेलकुद संयोजक सुरेश रिजालले जानकारी दिए ।

त्यस्तै दौडको विजेतालाई ५ हजार नगद प्रदान गरिनेछ । भलिबलको लागि टीम दर्ता शुल्क ५ हजार रुपैंया कायम गरिएको छ ।

क्लवका अध्यक्ष विभु भुसालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल भलिबल संघका सल्लाहकार नारायणप्रसाद शर्मा, बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, सचिव डिबी नेपाली, शंकरपोखरी पोखरा सम्पर्क समाजका उपाध्यक्ष जयकृष्ण भुसाल, सचिव भरत भुसाल लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन क्लवका सचिव प्रदीप भुसालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close