
पोखरा स्पोर्ट्स । भारतीय महिला क्रिकेटर स्मृति मन्धनाले पलाश मुच्छलको विवाह सधैका लागि रद्ध भएको बताएकी छन् । आइतबार एक विज्ञप्तिमार्फत स्मृतिले आफुहरुको विवाह रद्ध भएको स्पष्ट गर्दै यस विषयलाई अब बन्द गर्न चाहेको बताएकी हुन् ।
यसैबीच पलाशले पनि आफ्नो सम्बन्धबाट पछाडी हटेको बताउदै अहिले आफ्ना लागि कठिन समय भएको बताएका छन् ।
उनले आफ्नो र स्मृतिको सम्बन्धको विषयमा आधारहिन बहस भइरहेको भन्दै यसले आफुलाई दुख पुर्याएको उल्लेख गरेका छन् ।
यसअघि नोभेम्बर २३ मा हुने भनिएको उनीहरूको विवाह अचानक उनीहरूका परिवारले स्थगित गरेपछि यो विषय निकै चर्चित बनेको थियो । त्यति बेला स्मृतिका बुबा श्रीनिवास मन्धना अचानक विरामी भएर अस्पताल भर्ना गरेपछि विवाह स्थगित गरिएको बताइएको थियो ।
यसैबीच, पलाश मुच्छल र एक महिला बीचको कथित कुराकानीको स्क्रिनसट अनलाइनमा प्रसारित सार्बजनिक भएपछि यो विवाह स्थगित बह्येको दाबी गरिएको थियो । तर स्मृतिले यस विषयमा केहि भनेकी छैनन् ।
विवाह स्थगित भएपछि स्मृतिसहित उनका साथीहरुले विवाह अघि भएका हल्दी सेरोमनीसहितका कार्यक्रमका सबै तस्बीर र भिडियो हटाएपछि अब यो विवाह रद्ध हुने अड्कलबाजी गरिएको थियो ।
सामाजिक सञ्जाल र मिडियामा पलाशले स्मृतिलाई धोका दिएर अर्की महिलासँग लागेका कारण विवाह रोकिएको उल्लेख गरिएको थियो । एक अज्ञात महिलाले पलाशसँगको कुराकानीको स्क्रीनशट सार्बजनिक गरेपछि विषय बढ्दै गयो र विवाह स्थगित भएको दाबी गरिएको छ ।
स्मृतिले भारतीय महिला क्रिकेट टिमलाई हालै पहिलो पटक एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । अर्कोतर्फ पलाश मुचाल बलिवुडका संगीत कम्पोजर हुन् । दुवै २०१९ देखि एक अर्काको प्रेममा परेका थिए ।
