
पोखरा स्पोर्टस । ‘१० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता’मा पोखरा अव्सुल्युट् डोजाङ ११ वर्ष मुनी टिम इभेन्टमा प्रथम भएको छ ।
नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित शनिवार गरिएको नतिजा अनुसार पोखरा स्थित अव्सुल्युट् डोजाङ ११ वर्ष मुनी टिम इभेन्टमा प्रथम भएको हो । उक्त स्पर्धामा प्रतिक्षा राना, आर्की राना र सुभन गुरुङले सहभागी भएका थिए ।
यस्तै गरी ११ वर्ष मुनीको पेयर स्पार्धामा गुन मायाँ गुरुङ र अपिल गुरुङको जोडी दोश्रो भएको छ भने १५–१७ वर्ष मुनीको पेयरमा दिपिशा गुरुङ र शुक्रराज सुनारले तेश्रो स्थान हात पारेको अव्सुल्युट डोजाङ प्रमुख तथा प्रशिक्षक रेख मायाँ गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएकी छन ।
यसै प्रतियोगिताबाट दक्षिण कोरियाले आयोजना गर्ने कोरियन एम्बासडर भर्चुअल पुम्से विश्व च्याम्पियनसिपका लागि नेपालबाट सहभागी हुन १६ खेलाडीको छनोट गरिने छ । कोरियन एम्बासडर भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रमा पनि भइरहेको तेक्वान्दो संघले जनाएको छ ।
