
पोखरा,
पोखरामा रहेर खेलकुद र सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने सहारा क्लब पोखराको २१ औं अधिबेशन तथा १३ औं साधारण सभाले केशब बहादुर थापालाई पुनः आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको छ ।
त्यसै गरि अधिबेशनले वरिष्ठ उपाध्यक्षमा हरिराम गुरुङ (सुरज), उपाध्यक्षमा विश्वराज बराल, महासचिबमा रामजी अधिकारी, सचिबमा सुनिल राना मगर, कोषाध्यक्षमा राजु लालचन र सह कोषाध्यक्षमा विनु राना मगर निर्वाचित भएका छन ।
आगामी दुई वर्षको कार्यकालका लागि कार्य समितीको सदस्यमा रोजिना गुरुङ, तिलक क्षेत्री अधिकारी, सन्दिप सुवेदी, गंगाराज पौडेल र विष्णु कार्की निर्वाचित भएको सहारा क्लब पोखराले जनाएको छ ।
गण्डकी प्रदेश मुख्य मन्त्रिले के भने ?
सम्पन्नं अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले खेलकूदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लवको भूमिका प्रशंसायोग्य भएको मात्रै बताएनन अब प्रदेश सरकारनै सहारा बनेर सहारा दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
सामाजिक क्षेत्रमा क्लवले देखाएको सकृयता अरुका लागि पनि अनूकरणीय भएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको तर्पmबाट सहारा एकेडेमिको प्रशासनिक सञ्चालनमा ३० लाख रुपैया सहयोग गर्ने घोषणा समेत गरे ।

राज्यले निभाउनु पर्ने उत्तरदायित्व क्लवले पुरा गरेको उल्लेख गर्दै मुख्य मन्त्रि गुरुङले सस्थाको सञ्चालनमा सरकारले नियमित बजेट नै व्यवस्था गरि सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका हुन । उनले मुलुक र समाजको हितमा कार्य गर्ने सामाजिक संघसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन ।
सो अवसरमा मुख्यमन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै क्लवतर्पmबाट पत्रकार सन्देश श्रेष्ठलाई नगद सहित सम्मान गरेका छन ।

क्लवले प्रत्येक बर्ष प्रदान गर्दै आएको सहारा खेलकूद पत्रकारिता पुरस्कारको राशी २० हजार ५५५ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ ।
सोही अवसरमा यस बर्षको सहारा उत्कृष्ठ कर्मचारीबाट शान्ति केसीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश गुरुङले आसन्न दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) लाई लक्षित गरि पोखरा रंगशालामा निर्माणाधिन संरचना तिब्ररुपमा बढेको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कृत पत्रकार सन्देश श्रेष्ठ, सहारा युकेका महासचिव धनु थकाली, क्लवका बरिष्ठ उपाध्यक्ष सुरज गुरुङ लगायतले क्लवले खेलकूदको माध्यमबाट सामाजिक क्षेत्रका पु¥याएको योगदान महत्वपूर्ण रहेको धारणा राखे ।
नेपाली यू १८ राष्ट्रिय फुटबल टोलीलाई शुभकामना
सहारा क्लबले आफ्नो कार्यक्रममा नेपाली यू १८ राष्ट्रिय फुटबल टोलीलाई शुभकामना सहित गर्दै काठमाडौका लागि बिदाई समेत गरेको छ ।

एक साताको लागि पोखरामा प्रशिक्षणमा रहेको टोलीले सहारा एकेडेमी फुटबल मैदानमा प्रशिक्षण गरेको थियो । उक्त कार्यक्रममा बोल्दै यू १८ राष्ट्रिय फुटबलका प्रशिक्षक चेत नारायण श्रेष्ठले सहाराको नाम लामो समय देखि सुन्दै आए पनि पोखराको एक साताको बसाईमा सहाराको उत्कृष्ट कार्यले आफूलाई सम्मोहित बनाएको बताए । उनले भने–‘सहारा त्यसै सहारा भएको रहेनछ, सहाराको काम सबैका लागि अनुकरणिय छ ।’
सहारा यूकेले दियो घाँस काट्ने मेसिन
सहारा क्लब पोखराको भातृ संस्था सहारा यूकेले करिब १ लाख २६ हजार पर्ने मैदानको घाँस काटने मेशिन सहारा एकेडेमीलाई उपलव्ध गराएको छ । सहारा यूकेका महासचिब धनु थकालीले उक्त मेशिन अध्यक्ष केशब बहादुर थापालाई हस्तान्तरण गरे । सोही अवसरमा सहारा यूकेकी सदस्य तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङले आफ्नो तर्फ बाट सहारा एकेडेमीमा रहेका आश्रित बालकहरुलाई खाजा उपलव्ध गराएकी थिइन ।
तस्बिरः सुदर्शन रंजित
