
पोखरा,
मित्र राष्ट्र ईन्डोनेसियाको योकर्ता सहरमा जारी २४ औं एसियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाईनल प्रवेश गरेको छ ।
नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यले जनाए अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई समान ३–० ले पराजित गर्दै फाईनल यात्र तय गरेको हो । नेपाली महिला टोली लिग चरणमा मकाउ र ईरान संग समान ३–० ले नै पराजित भएको थियो ।
यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तान माथि ३–१ को जित निकालेको छ । जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल लाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसंग ३–० ले पराजित भएको छ ।
