एनओसी निर्वाचनः जिवनराम दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित

पोखरा,
नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पदमा जीवनराम श्रेष्ठ दोश्रो कार्यकालका लागि पुन निर्वाचित भएका छन् । प्रतिद्वन्दी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पछि पारेर दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा भएको निर्वाचनमा जीवनरामले १७ मत ल्याउँदा उमेशलालले १० मत मात्र ल्याएका थिए ।

त्यसै गरि उपाध्यक्षमा ज्योति राणा २६, तेज गुरुङ २०, चतुरानन्द राज वैध २२, सुनिलकुमार श्रेष्ठ १८ र अशोक बज्राचार्य १५ मत पाएर निर्वा्चित भएका छन । उपाध्यक्ष पदमा आठ जान प्रत्याशीहरु मैदानमा थिए । निर्वाचनमा पुष्पदास श्रेष्ठ, राजीव श्रेष्ठ र समिम मियाँ अन्सारी पराजित भए ।

महासचिवमा पदमा निलेन्द्रराज श्रेष्ठले यसअघिको कार्यकालमा उपाध्यक्ष रहेका पुरेन्द्र विक्रम लाखेलाई पराजित गरेका छन । निलेन्द्रराजले १५ मत प्राप्त गर्दा पुरेन्द्रले १२ मत पाएर पराजित भए ।

तिन सदस्यिय सचिब पदमा दीपकहर्ष बज्राचार्य २५, तुलसा थापा २१ र रामजीबहादुर श्रेष्ठ १८ मत ल्याउँदै विजयी भए । निवर्तमान सदस्य सचिव विष्ट भने १७ मत प्राप्त गर्दै पराजित भएका छन ।

कार्यसमितीको सदस्य पदमा रमेशप्रसाद शिवाकोटी, प्रकाश सम्शेर राणा, टासी घले, होम दोङ र दीर्घबहादुर केसी विजयी भएका छन । सात सदस्यका लागि भएको निर्वाचनमा आठ जनाको उम्मेदवारी परेको थियो जसमा मनोरंजन रमण शर्मा पराजित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close