
पोखरा,
सहारा क्लब पोखराको २१ औं वार्षिकोत्सवको अवसरमा शनिबार पोखरामा आयोजित रंक्तदान कार्यक्रमबाट ३६ युनिट रगत संकलन भएको छ । ‘रक्तदान जिवनदान, जिवनदान महानदान’ भन्ने नाराको साथमा आयोजित कार्यक्रममा क्लवका प्रतिनिधि एवं शुभेच्छुकहरुबाट उक्त युनिट रगत संकलन भएको क्लवका महासचिव विश्वराज बरालले बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ्गले पहिलो रक्तदाता क्लबका सदस्य सिद्धार्थ थापा मगरलाई बल्ड व्याग हस्तारन्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै राखेप सदस्य गुरुङले क्लवले सामाजिक तथा खेलकुदको क्षेत्रमा पु¥याएको योगदानको पं्रशसा गरेका थिए । क्लवले संचालन गरेको सहारा एकेडेमीको लागि आवश्यक सहयोग गर्न आफु तयार रहेको उनले पुनः दोहोराएकाछन् ।
राखेप सदस्य गुरुङ, सहारा क्लब यूकेका महासचिव धनु थकाली (पुरन), सदस्य मञ्जु गुरुङ्ग, क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, लेखा प्रमुख डिवी नेपाली, वरिष्ठ प्रमुख प्रशिक्षक विद्या मर्सानी, मानार्थ सदस्य प्रकाश शेरचन, पुर्व अध्यक्ष विक्रम थकाली, निर्वतमान अध्यक्ष वीरभद्र आचार्य, कार्यक्रम संयोजक गंगाराज पौडेल लगायतले रक्तदातालाई प्रमाण पत्र वितरण गरेका थिए । क्लबका अध्यक्ष केशबबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
आत्मसाक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं भन्ने उद्धेश्यका साथ विसं २०५५ सालमा स्थापित सहारा क्लब पोखराले हाल संचालन गर्दै आएको सहारा एकेडेमीमा १३ जिल्लाका २४ जना वालकहरु रहेकाछन ।
