जनप्रिय क्याम्पसलाई प्रथम मेयर कप बास्केटबलको उपाधी

पोखरा,
पोखरा बहुमुखी क्याम्पसले पोखरामा जारी प्रथम मेयर कप बास्केटबल छात्र स्नातक तह तर्फको उपाधी जितेको छ ।

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगरको संरक्षकत्वमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा जनप्रियले पृथ्वीनारायण क्याम्पसलाई ६१–४३ को स्कोरले पराजित गर्दै उपाधी हासिल गरेको हो ।

त्यसै गरि छात्रा स्नातक तर्फको उपाधी पोखरा लिंकन कलेजले जितेको छ । पोखरा कलेज अफ म्यानेजमेन्टलाई ३५–१८ ले हराउँदै छात्रा कलेज तर्फको उपाधी हासिल गरेको हो ।

कक्षा १२ छात्रा तर्फको खेलमा न्यू ग्यालेक्सीले टप्स माबीलाई ३४–११ को स्कोरमा र कक्षा १२ कै छात्र तर्फ पोखरा सेकेण्डरी स्कुलले न्यू ग्यालेक्सीलाई प्रतिष्पर्धात्मक खेलमा ५१–५० ले पराजित गर्दै उपाधी हासिल गर्यो ।

यता विद्यालय तर्फ छात्र तर्फको फाइनलमा कुमुदिनी होम्सले बालकल्याणलाई ६२–६० स्कोरले पराजित गर्यो त्यसै गरि छात्रा तर्फ मनकामनाले कास्की मोर्डनाइज्डलाई १३–९ ले हराउँदै उपाधी उचाल्यो ।

प्रतियोगिता अन्तरगत भेट्रान्स तर्फ भने एक्स अम्बर सिंह ब्याइज क्लबले आयोजक बास्केटबल संघलाई ६३–३८ ले फाइनलमा पराजित गर्न सफल रह्यो ।

प्रतियोगितामा कास्की मोर्डनाइज्डकी कुसुम गुरुङले उदियमान खेलाडी घोषित हुँदै नगद २ हजार प्राप्त गरिन । प्रतियोगिता अन्तरगत मोष्ट भेलुएबल खेलाडीमा छात्रा विद्यालय तर्फ मनकामनाकी दिन पुन, छात्र तर्फ मनकामनाका सितोष राना, प्लस टु छात्रा तर्फ न्यू ग्यालेक्सीकी चाहना पुन र छात्र तर्फ पोखरा सेकेण्डरीका गोपाल पुन, स्नातक तह छात्र तर्फ प्रदिप तिलिजा र छात्रा तर्फ पोखरा लिंकनका सिमा पुन घोषित हुँदै विशेष उपहारका साथमा ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रतियोगिताका संयोजक एवम पोखरा महानगरका बरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङले ट्रफी, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

करिब एक साता अघि बाट पोखरा रंगशाला बास्केटबल कोर्टमा सम्पन्न भएको प्रतियोगितामा भेट्रान्सको चार टिम सहित विद्यालय, प्लस टु र स्नातकका गरि ८८ टिमको सहभागिता रहेको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close