
पोखरा,
युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर सुनार (विश्वकर्मा)ले नेपालको खेलकुदको बिकासका लागि निजी क्षेत्र अगाडी आउनु पर्ने कुरामा समेत जोड दिदैं संगै हातेमालो गरेर अगाडी बढ्न आग्रह गरेका छन ।

पोखरा उद्योग बाणिज्य संघले मन्त्रि विश्वकर्मालाई स्वागत गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन । सो अबसरमा मन्त्रि विश्वकर्माले खेलकुदको विकासका लागि, नेपालको मौसम र भौगोलिक अवस्था समेत अनुकुल रहेको बताउँदै भने–’खेलकुद तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय संचार माध्यममा लैजान विभिन्न अन्तर्राष्ट्रिय स्तरका इभेन्टहरु आयोजना गर्नुपर्छ जसका लागि निजी निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ ।
पर्यटन मन्त्रालय, खेलकुद मन्त्रालय र निजि क्षेत्रले शंयूक्त रुपमा खेलकुदको विकासका लागि लगानी गरेमा आन्तरिक एवं वाह्य पर्यटकहरुको प्रवर्धन हुनुका साथै आर्थिक रुपमा मुनाफा समेत लिन सकिने मन्त्रि विश्वकर्माले बताए । उनले भने–‘२०७६ मंसीर १५ गतेदेखि २४ गते सम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा केही खेलहरु हुनेछन जसका कारण खेलका माध्यम बाट पर्यटन प्रवर्धनमा सहयोग पुग्नेछ ।’
साग अन्तरगत पोखरा रंगशालामा धेरै खेल विधाका पूर्वाधारहरु तयार हुंदै गरेको, मन्त्रालयका तर्फवाट नेपाल भ्रमण वर्ष २०२० लाई प्रोत्साहन गर्दै २०७६ आश्विन २९ गते पोखरामा हुने अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड–२०१९ का लागि सक्दो सहयोग गरी नेपाल चीन विचको सम्वन्धलाई प्रगाढ वनाउन पहल गर्ने वचन समेत दिएका छन ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले खेलकुद मन्त्रीको स्वागत गर्दै संघको गतिविधि वारेमा जानकारी गराएका थिए ।
यसै गरि संघका निवर्तमान अध्यक्ष विश्व शंकर पालिखेले गण्डकी प्रदेशको पर्यटनप्रवर्धनका लागि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघको संयुक्त आयोजनामा पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड–२०१९ हुन लागको जानकारी गराए ।
चिनिया राजदूतको समेत उपस्थिती रहने सो दौड ४२ कि.मि. को लम्वाईमा घोडाको आकारमा रहेको र दौड तथा साइक्लिङ्ग फेवाताल वराहघाट–छोरेपाटन–फुर्सेखोला–मट्टिखान–साल्मेडांडा–कुबिन्डे–ढावा–शान्तिस्तुपा र फेवाताल हुंदै सम्पन्न हुने जानकारी दिए ।
