
पोखरा,
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्तीको काम सोमबार प्रारम्भ गरेको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले मैदानको घाँस काटेर स्तरोन्नती कार्यको प्रारम्भ गरेका हुन ।
सो अवसरमा सदस्य–सचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउदै ३ दिनमा घाँस काट्ने काम सक्ने र तिन दिनमा मैदानको खाल्डा खुल्डी मिलाएर घाँस रोप्ने कार्य प्रारम्भ गर्ने जानकारी गराए । उनले मैदानमा घाँस रोप्ने काम सम्पन्न भएपछि ४५ दिनभित्र मैदान तयार गरिसक्ने बताए ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) सचिवालय प्रमुख कमल खनाल लगायतको सो अवसरमा उपस्थिति रहेको थियो । सदस्य–सचिव सिलवालले भीआईपी प्यारापिटको निरीक्षण गर्दै तयारीका बारेमा जानकारी लिएका थिए ।
