सागका लागि महिला भलिबल खेलाडी छनोट सम्पन्न, गण्डकी प्रदेश बाट दुई जना

पोखरा,
नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको हो । छनोट भएका मध्ये गण्डकी प्रदेश बाट दुई जना खेलाडी रहेका छन ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि सागका लागि २५ खेलाडी छनोट गरिएको थियो । प्रारम्भिक चरणमा केही नियमित खेलाडी टिममा पर्न असफल भएका थिए । नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार छनोट हुने खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारु, उनिषा भण्डारी, आरती सुवेदी, अरुणा शाही, जानकी भम्गारी, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, संगम महतो, सलिना श्रेष्ठ, शान्ति तामाङ, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का र हिरा केसी छन् ।

छनोटमा पर्न असपल रहेका खेलाडीमा लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कुँवर मगर, पुष्पा शाही, सरस्वती कट्टेल र चन्द्रकला खरेल छन् । नेपाली महिला भलिबल टोलीलाई मुख्य प्रशिक्षक सलिना श्रेष्ठ तथा प्रशिक्षकत्रय जगदिशप्रसाद भट्ट, भरत यादव र उमादेवी गुरुङले प्रशिक्षण दिँदै आएको नेपाल भलिबल सङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close