साग ह्याण्डबलका लागि पहिलो चरणको छनोट सम्पन्न

पोखरा, 
नेपालमा आगामी २०७६ मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगत ह्याण्डबल खेलाडी महिला तथा पुरुष खेलाडीहरुको पहिलो चरणको छनोट सम्पन्न भएको छ ।

करिब एक महिना अघि देखि पोखराको बन्द प्रशिक्षणमा रहेका २८–२८ जना महिला तथा पुरुष खेलाडी बाट दोश्रो चरणका लागि खेलाडी छनोट गरिएको हो ।

ह्याण्डबलका मुख्य प्रशिक्षक तथा राखेप तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमाल दाहलका अनुसार छनोट गरिएका नामहरु राखेप राष्ट्रिय टिम तयारीमा पठाइने र तिन दिन पछी अन्तिम नामवली प्रकाशित गरिने छ ।

छनोट समितीमा राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमाल दाहाल, नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जिवन बस्नेत, सचिब  केशब पाठक, प्रशिक्षक द्वय अरुणलाल कर्ण र कृष्ण केसी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close