‘साग प्रशिक्षणका लागि सहारा एकेडेमी उपयूक्त छ’, राखेप सदस्य सचिब सिलवाल

पोखरा,
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले आइतबार पोखरा दोबिल्ला स्थित सहारा एकेडेमीको भ्रमण गरेका छन । सदस्य सचिब सिलवालले एकेडेमीको भ्रमण पछि सहारा एकेडेमीको खेल मैदान १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तरगत प्रशिक्षणका लागि उपयूक्त भएको बताएका छन ।

सहारा एकेडेमी निकै रमणिय र फराकिलो क्षेत्रमा भएकोले पोखरामा हुने साग महिला फुटबल प्रशिक्षणको लागि उपयुक्त स्थल हुन सक्ने राखेप सदस्य सचिव सिलवालले बताएका हुन । उनले भने ‘सहारा एकेडेमीको बारेमा धेरै पत्रपत्रिका र विभिन्न संचार माध्यममा सुन्दै आएको थिए आज एकेडेमीमा आउदा मेरो एउटा इच्छा पुरा भएको छ,’ उनले थपे–‘यो निकै व्यबस्थित रहेछ, खेल मैदान छ पनि उपयूक्त छ, जग्गा नपाउने बेलामा २६ रोपनी क्षेत्रफलमा एकेडेमीमा हुनु आफैमा निकै राम्रो हो ।’

काठमाण्डौंको प्रदुषित बाताबरणमा समेत विभिन्न खेलको प्रशिक्षण भइरहेको उल्लेख गर्दै सदस्य सचिब सिलवालले पोखराको सुन्दर ठाउँमा प्रशिक्षण हुनुले थप राम्र्रो प्रशिक्षण हुने विश्वास व्यक्त गरे । पोखरा फुटवल स्टेडियम केही भागहरु खुल्ला हुने भएकोले मार्सल आर्टसका खेलहरु समेत गर्न सकिने उनले बताए । पोखरामा प्राकृतिक वातावरण राम्रो हुनुको साथै यहाँ खेल भावना राम्रो भएको सदस्य सचिव सिलवालको भनाई थियो ।

एक फरक प्रशगंमा सदस्य सचिब सिलवालले नेपालमा खेल भए पनि दर्शक अभाव ठुलो समस्याको रुपमा भने उल्लेख गर्दै उनले लोकप्रिय खेलमा शुन्य जस्तै दर्शक हुनु उपयुक्त नभएको बताए । खेलकुदको विकासको लागि धेरै प्रतियोगिता गर्नु पर्नेमा उनले जोड दिए । दर्शक बढाउन डिजिटल प्रविधि तथा संचार माध्यमलाई प्रयोग गर्नुपर्ने उनले जोड दिए । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको लागि दर्शक बढाउने गरी ब्यस्थापन गरिने उनले बताए ।

सहारा एकेडेमीको भ्रमणका क्रममा सदस्य सचिब सिलवालले धर्म गर्नु भन्दा सामाजिक काम गर्नु ठुलो धर्म हुने बताएकाछन । सहारा एकेडेमीको आइतबार अध्ययन अवलोकन गर्दै सदस्य सचिव शिल्वालले धर्म कमाउने नाममा मन्दिरमा गएर भन्दा दिन, दुखि भएका सहारा एकेडेमी जस्ता क्षेत्रमा सहयोग गर्नु नै ठुलो धर्म हुने बताएका हुन ।

सहारा क्लवको प्रयासलाई सफल पार्न सवैमा आग्रह गर्दै सदस्य सचिव सिलवालले आफ्नो क्षेत्रबाट उक्त एकेडेमीको लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहेकोे बताए । एडकेडेमीमा रहेका वालकहरुको प्लस टु पछिको अध्ययनको लागि आवश्यक सहयोग गर्ने उनले वचन दिएकाछन् । सहारा एकेडेमीका वालकहरुलाई लक्षित गर्दै उनले भने–‘एउटा खेलबाट, पढाईबाट अनुसासनबाट आफुलाई प्रमाणित गरेर देखाउनु र एकेडेमीबाट बाहिर गए पनि पनि पुनः एकेडेमीमा जाने आउने गर्नुपर्छ ।’

उक्त अवसरमा राखेपका राखेपका सदस्य राजेशकुमार गुुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा यूके महासचिव धनु थकाली, सहारा यूकेका सल्लाकार महेश गुरुङ, मुछेत्र गुरुङ लगायतलाई एकेडेमीमा फुलमालाले स्वागत गरिएको थियो । क्लवका अध्यक्ष केशब बहादुर थापाले क्लवको गतिविधिको बारेमा जानकारी गराएका थिए ।

क्लवद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ दोविल्लामा हाल १६ जिल्लाका २४ जना कठिन परिस्थितीका बालकहरु रहेका छन ।

तस्विर सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close