
पोखरा ,
पोखरा महानगरपालिकाको संरक्षकत्वमा पोखरामा प्रथम मेयर कप बृहत बास्केटबल प्रतियोगिता शनिबारदेखि पोखरा रगंशालाको बास्केटबल कोर्टमा सुरु भएको छ ।

शनिबार लिग अन्तरगत भएको १२ कक्षाको छात्रा तर्फको उद्घाटन खेलमा लिटिलस्टेप माविले पोखरा किण्डरगार्डेनलाई १५–२ को अंकले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
यसै गरि आज सम्पन्न छात्र तफको खेलमा ग्लोवल कलेजियटले सगरमाथ उच्च माविलाई १५–८ को अंकले, पाोखरा सेकेण्डरी स्कुल सोसियल पब्लिकमाथी ४१–२० को अंकले विजयी भयो भने कुमुदीनीहोम्सले डायमण्डलाई वाकओभर दिएपछि डायमण्ड विजयी भयो । यस्तै अर्को खेलमा माउण्ट अन्नपुर्णले नेपाल टुरिजम होटल म्यानेजमेन्ट कलेजलाई ४५–२८ को स्कोरमा पाखा लगायो ।
यसअघि प्रतियोगिताको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उदघाटन गर्दै पोखरालाई खेलकुद शहरका रुपमा परिचय गराउने गरि अगाडी बढाउने बताए । मेयर जिशीले खेलाडीको आधारभुत आवश्यकता पुरा गर्न र खेल खेल्ने वातावरण निर्माण गर्नु पर्ने धारणा अघि सार्दै खेलाडीलाई प्रोत्साहन गर्न खेलकुद तालिम केन्द्र स्थापना गर्नु पर्नेमा जोड दिए । उनले महानगरले खेलकुद निती ल्याइसकेको र छिट्टैनै त्यसलाई पूर्णता दिने समेत बताए ।
कार्यक्रममा प्रतियोगिता संयोजक नारायणप्रसाद शर्माले पोखरामा पछिल्लो समय बढदो बास्केटबलको लोकप्रियतालाई बुझेर प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रममा हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माले खेलकुदको अपरिहार्यता माथी प्रकाश पारेका थिए ।
प्रतियोगितामा कक्षा १० सम्मको लागि मावि स्तरिय, कक्षा ११ र १२ तथा स्नातक तह तर्फ छात्र /छात्रा र भेट्रान्स गरि कुल ८८ टिमको सहभागीता रहेको छ ।
प्रतियोगितामा कक्षा १० सम्मको लागि विजेता छात्र÷छात्राको टिमलाई जनही १० हजार उपविजेतालाई ७ हजार प्रदान गरिने छ । त्यसैगरी मावि स्तरिय कक्षा ११ र १२ तथा स्नातक तर्फको छात्ररछात्रा तर्फको विजेतालाई जनही १५ हजार र उपविजेतालाई ८ हजार प्रदान गरिने छ ।
करिब १० दिन सम्म जारी रहने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष ध्वज कुमार गुरुङले गरेका थिए ।
