रुपक नेपालीको ऐतिहासिक जित, प्रथम प्रेसिडेन्ट कपको उपाधी संगै जिते नगद एक लाख

केशब पाठक,
पोखरा,
पोखरामा शनिवार सम्पन्न प्रथम नेपाल क्यूकिसन कराते च्याम्पिएनसिप पुरुष तर्फको उपाधी कास्कीका रुपक नेपालीले जितेका छन ।

नेपालमा नै पहिलो पटक आयोजना भएको सर्वाधिक पुरुस्कारको रासि नगद एक लाख जित्न फाइनल बाउटमा रुपकले १ मिनेट पनि खर्चिनु परेन । फाइनलका लागि मैदानमा उत्रिएका कञ्चनपुरका सोनी सिंह सुनारले रुपक संग आत्मसर्मपण गर्दै खेल त्यागेका थिए ।

उपाधी संगै रुपकले नगद १ लाख रुपैया हात पारेका छन भने दोश्रो हुने सोनीले नगद ५० हजार प्राप्त गरे ।

यसै गरि महिला तर्फको उपाधी कैलालीकी मञ्जु बिकले हात पारेकी छन । उनले समेत नगद एक लाख हात पारिन । अन्तिम प्रतिष्पर्धात्मक फाइनल बाउटमा मञ्जुले काठमाञ्डौकी निशा बोहरालाई पराजित गरेकी हुन । दोश्रो भएकी निशाले नगद ५० हजार प्राप्त गरिन ।

यसै गरि पुरुष तर्फ काभ्रेका सन्देश मानन्धरले ललितपुरका विनय सिंहलाई पराजित गरे । उनले नगद २५ हजार प्राप्त गरे भने महिला तर्फ मकावानपुरकी नविना घलानले सिन्धुपाल्चोककी पूर्णिमा श्रेष्ठलाई पराजित गर्दै तेश्रो भइन । उनले नगद २५ हजार प्राप्त गरिन ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बहादुर बस्नेत लगाएतले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल फुद कन्ट्याक्ट कराते महासंघको आयोजना र यूनाइटेड नेपलिज क्यूकिशन एडभान्समेन्टको सह प्रायोजनमा भएको कार्यक्रममा महिला ५० केजी खुल्ला तौल तर्फ २३ र पुरुष ५५ केजी खुल्ला तौल तर्फ २२ जना गरि कुल ४५ जना खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close