
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका २४ स्थित कास्कीकोट कालिका तेक्वान्दो स्कुलमा जुनियर वेल्ट ग्रेडिङ सम्पन्न भएको छ ।
नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार उक्त तेक्वान्दो स्कुलमा वेल्ट ग्रेडिङ सम्पन्न गरिएको तेक्वान्दो प्रशिक्षक वोधराज गिरीले पोखरा स्पोर्टसलाई बताए ।
उक्त तेक्वान्दो स्कुलमा प्रशिक्षण लिइरहेका २० जना जुनियर खेलाडीले वेल्ट ग्रेडिङको परिक्षा दिएका छन । जस अनुसार एल्लो वेल्टमा १३ जना, ग्रिन र व्लु वेल्टमा ४ जना, एल्लो र ग्रिन वेल्टमा २ जना, ह्वाइट वेल्टका १ जना खेलाडी रहेका छन ।
पश्चिमांचल क्षेत्रिय खेलकुद विकास समितीमा कार्यरत तेक्वान्दो प्रशिक्षक बलराम लामाको उपस्थितीमा ग्रेडिङ सम्पन्न भएको हो ।
