विद्यालय स्तरिय ब्याडमिन्टनमा क्वाटरफाइनलका समिकरण पुरा

पोखरा,
कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा सञ्चालित विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितामा क्वाटरफाइनलका समीकरण पुरा भएको छ ।

१८ औं सस्करणको इन्द्रबहादुर गुरुङ स्मृति विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको तेस्रो दिन टुंगिदाँ बिहीबार आधारभूत तह (८ कक्षासम्म) छात्र तर्फको प्रतिस्पर्धामा सैनिक आवासियका विजय खत्री र सचिन गुरुङले क्रमश प्रगतिका सौगात अधिकारी र सैनिकका सुशान्त कुँवरलाई पराजित गरे ।

सैनिकका सुयोग केसीले टप्सका सुुकुम गुरुङ र एसओएसका कर्मा सोना ढुकडाकले सैनिकका अन्जु खनेललाई पराजित गरेका थिए । छात्रा तर्फको प्रतिस्पर्धामा भने प्रगतिकी विधाईका अधिकारीले टप्सकी रिया गुरुङलाई पराजित गरिन् । त्यस्तै सैनिककी स्वेच्छा खड्काले पोखरा एकेडेमीकी सबिरा गुरुङलाई पन्छाईन् । शान्ति निकुञ्जकी स्नेहा केसीले फेवा बोर्डिङकी आयुष्मा नेपालीलाई पराजित गरिन् । अन्तिम क्र्वाटरफाईनलमा पोखरा एकेडेमीकी नमूना खड्काले टप्सकी ईमी गुरुङलाई पराजित गरेकी थिईन् ।

माध्यमिक तह (१० कक्षासम्म) छात्र एकल तर्फको प्रतिस्पर्धामा प्रगतिका शशांक अधिकारीले ग्लोबलका याक्सिन गुरुङलाई ५–११, १५–१० को सेटले पन्छाए । सैनिकै सौरभ बरालले प्रगतिका आयुष थापालाई र प्रगतिका ओलिभर गुरुङले प्रगतिकै रिजन गुरुङलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका थिए ।

यसैगरी छात्रा तर्फको प्रतिस्पर्धामा टप्सकी प्रजिता गुरुङले एसओएसकी लामो डोल्कल गुरुङलाई १५–३ र १५–४ को सेटले पराजित गरिन । प्रगतिका निरजरा खड्काले सैनिककी स्वेच्छा खड्कालाई १५–१०,१५–१० को सेटले पराजित गर्दै सेमिफाईनल प्रवेश गरिन् । प्रगतिकी शितल केसीले टप्सकी यमी गुरुङलाई र टप्सकी अशिला बलाल थापाले शान्ति निकुन्जले सिम्रन क्षत्रीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिन् ।

मावितह (१२ कक्षासम्म) छात्रा तर्फको प्रतिस्पर्धामा जनप्रियकी सविना आचार्यले टप्सकी सुमिना साना मगरलाई १५–५,१५–४ को सेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिन् । त्यसैगरी सैनिक आवासियकी जनप्रियकी सूचना क्षत्रीलाई १५–६, १५–७ को सेटले पराजित गर्दै सेमीफाईनलमा स्थान पक्का गरिन् ।

जनप्रियकी पुजा शर्माले जनप्रियाकै सदीक्षा आचार्यमाथि १५–७, १५–६ को सेटले पन्छाउँदै सेमिफाईनल पुग्दा जनप्रियकी प्रेक्षा केसीले पिएचएसएसकी विनिता बास्तोलाई १५–६, १५–६ को सेटले हराईन् । छात्र एकल तर्फको प्रतिस्पर्धामा प्रतिभाका निशान थापालाई १५–४, १५४ को सेटमा पराजित गर्दै गण्डकी बोर्डिङका विधान अधिकारीले अन्तिम चारमा आफुलाई प्रस्तुत गरेका छन् ।

प्रतिभाका शशांक अधिकारीले पोखरा इन्जियिनरिङ कलेजका अमृत भण्डारीलाई १५–८,१५–१० को सेटमा पराजित गरेका थिए । अर्को क्र्वाटरफाईनल खेलमा सैनिक आवासियका पवन गुरुङले प्रतिभाका साकार अधिकारीलाई १५–४,१५–९ को सेटले पन्छाए । ग्लोबल कलेजियटका विशेष बस्नेतले पोखरा किण्डर गार्डेनका धिरज श्रेष्ठलाई १५–११, १५–१० को सेटमा पराजित गरेका थिए ।

छात्र डबल्स तर्फको प्रतिस्पर्धामा गण्डकी बोर्डिङका विधान अधिकारी र अनिश घर्तीको जोडीले केएमएका रोशन घर्ती र निरज गुरुङको जोडीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरे । प्रतिभाका शीर्षक अधिकारी र साकार अधिकारीको जोडीले ज्योतिकुन्जका रितिक गुरुङ र सापन रानाको जोडीलाई पराजित गरे भने सैनिकका पवन गुरुङ र सुदिप पौडेलको जोडीले गण्डकी बोर्डिङका अभिषेक गौतम र रुपेश अधिकारीलाई पन्छाए । अन्तिम खेलमा ग्लोबलका विशेष बस्नेत र बरुण गुरुङको जोडीले प्रतिभाका निशान थापा र मन्दीप तिमिल्सिनाको जोडीलाई पराजित गरेका थिए ।

छात्रा डबल्स तर्फको प्रतिस्पर्धामा जनप्रियकी प्रेक्षा केसी र पुजा शर्माको जोडीले शान्ति निकुन्जकी जीना जलारी र सल्मा आलेको जोडीलाई पराजित गरिन् । सैनिकका कृष्टिना गुरुङ र आकृति पोखरेलको जोडीले टप्सका सुमिना रानामगर र प्रजा गुरुङको जोडीलाई पराजित गरेका थिए । जनप्रियकी सविना आचार्य र सदिक्षा आचार्यको जोडीले केएमएका आस्था तामाङ र सिम्रन गुरुङको जोडीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । फाईनल शनिबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close