२४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप माघ २२ देखि

पोखरा स्पोर्टस । २४ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकप माघ २२ गते देखि सुरू हुने भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने मोफसलको चर्चित फुटबल प्रतियोगिता आयोजना गर्न माघ २२ गते देखि सुरू गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्विकृत दिएको हो ।

फागुन ३ गते शनिबार सम्म आयोजना हुने आहा ! रारा पोखरा गोल्डकपमा आयोजक सहारा क्लब, राष्ट्रिय ‘ए’ डिभिजनका क्लबहरु, विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपिएफ क्लबलगायत विदेशी क्लबहरुको सहभागिता हुँदे आएको छ ।

गत २३ औं सस्करणमा नेपाल आर्मीले थ्रिस्टार क्लबलाई पारजित गर्दै उपाधि जितेको थियो । २३ औं सस्करण माघ ९ देखि २० गते सम्म सञ्चालन भएको थियो ।

आहा ! रारा पोखरा गोल्डकप नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन हुने प्रतियोगिता मध्येको एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close