भारतमा सम्पन्न कराँते च्याम्पियनसिपमा अनिशलाई स्वर्ण

पोखरा
भारतको कर्नाटकमा सम्पन्न शिमोगा ओपन दोश्रो अन्तराष्ट्रिय कराँते च्याम्पियनसिप २०१९ मा नेपालि खेलाडी हरुले पदक हासिल गरेका छन ।

खेलाडीद्वय जोगमेहर लामा र अनिश श्रेष्ठले उक्त प्रतियोगितामा पदक प्राप्त गरे ,जोगमेहरले श्रीलंकाका खेलाडीलाई ब्ल्याकबेल्टको अन्डर ५० केजी तौल समुहमा फाइनलमा हराउदै स्वर्ण पदक हात पारे भने कातामा उनि दोश्रो भए त्यस्तै अर्का खेलाडी अनिश श्रेष्ठले फाइटमा सोहि समुहको खेलमा तेश्रो भएर पदक हासिल गरे। फाइनलमा उनले श्रीलंकन खेलाडीलाइ हराएका थिए ।

कर्नाटक प्रदेशको शिमोगा जिल्लामा अगष्ट महिनाको २४ र २५ तारिखमा प्रतियोगीता सम्पन्न भएको थियो । सार्क राष्ट्रका विभिन्न देशले सहभागिता जनाएको उक्त प्रतियोगितामा २५०० खेलाडीले सहभागिता जनाएका थिए ।

नेपाली टिमको नेतृत्व नेपालको गोजुकाइ कराते डो संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले गरेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close