
पोखरा,
पोखरामा रंगशालास्थित व्याडमन्टिन कोर्टमा मंगलबारदेखि विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा मंगलबारदेखि १८ औं सस्करणको इन्द्रबहादुर गुरुङ स्मृति विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको निमित्त राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राजेशकुमार गुरुङले गर्दै खेलकुदको जग नै विद्यालय भएको भन्दै विद्यालयस्तरीय प्रतियोगितालाई अझ व्यापक रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उदघाटन सत्रमा प्याब्सन कास्कीका सल्लाहकार एवं टप्स माविका सञ्चालक रत्नमान गुरुङ, पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष तथा संघका सल्लाहकार रविन्द्रबहादुर प्रजु, गरिमा विकास बैंकका क्लष्टर प्रमुख भोला तिवारी, संघका सल्लाहकार यदु अधिकारी, संघका अध्यक्ष डम्बरसिंह गुरुङ, प्रतियोगिताका संयोजक बविन बग्दास लगायतले विद्यालयस्तरीय खेलकुदलाई प्रभावकारी बनाउनेमा जोड दिदैं आगामी वर्षदेखि व्याडमिन्टनकै एकेडेमी शुरु गर्ने योजना रहेको सुनाएका थिए । संघले राष्ट्रिय खेलुकद परिषदको आर्थिक सहयोग र सहकार्यमा साढे तीन करोडको लागतमा चारवटा कोर्टसहितको पुर्वाधार निर्माण गरिरहेको छ ।
आधारभूत, माध्यमिक र उच्च शिक्षाका गरी तीन तहका विद्यार्थीले आफनै स्तरका खेलाडीसँग च्याम्पियन बन्ने धुनमा पाँचदिनसम्म जुट्ने छन् । आधारभूत तह (८ कक्षासम्म), माध्यमिक तह(१० कक्षासम्म) र उच्चमावितह(१२ कक्षासम्म) अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् । आधारभूत तहका विद्यार्थीले छात्र र छात्रा तर्फ एकल तर्फ मात्रै प्रतिस्पर्धा गर्ने छन् । बाँकी दुई तहका विद्यार्थीले छात्र र छात्रा तर्फ एकल र युगल(सिंगल/डबल्स)मा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला व्याडमिन्टन संघका सचिव एक कार्यक्रम सञ्चालक दुर्गा जोजिजूले जानकारी दिए । प्रतियोगितामा २७ विद्यालयको ३०६ विद्यार्थीको सहभागिता रहेको छ ।
पहिलो दिन उच्चमावितह(१२ कक्षासम्म) छात्रा एकल तर्फको प्रतिस्पर्धामा सैनिक आवसियकी आकृति पोखरेलले गण्डकी बोर्डिङ स्कुलकी नर्मता थापालाई ५–५,१५–६ को सेटले पराजित गरिन् । सैनिककी स्वष्तिका पौडेलले जनप्रियकी सागुन गैह्रेलाई १५–६, १५–४ को सेटले पराजित गरेकी थिईन् । गण्डकी बोर्डिङकी अमिषा कार्कीले ग्लोबलकी दिपशिखा खड्कालाई, जनप्रियकी पुजा शर्माले सैनिककी दिया थापालाई सोझो सेटमा पराजित गरिन् । जनप्रियकै प्रेक्ष्या केसीले सैनिककी कृष्टिना गुरुङलाई पराजित गरेकी हुन् ।
माध्यमिक तह(१० कक्षासम्म) छात्र एकल तर्फको प्रतिस्पर्धामा प्रगतिका शशांक अधिकारीले सिदार्थ बोर्डिङका कपिल लामिछानेलाई १५–४, १५–४ को सोझो सेटले पराजित गरेका थिए । त्यसैगरी अर्को खेलमा सैनिक आवासिय विद्यालयका विजय खत्रीले शान्ति निकुन्जका कान्ति गुरुङलाई १५–७,१५–१० को सेटले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । ग्लोबल कलेजियटका एरिकसन गुरुङले प्रगतिका जीवन श्रेष्ठलाई १२–१५, १५–९ र १५–९ कै सेटमा पराजित गरेका थिए । प्रगतिका सुमन गुरुङले सैनिकका यासिज केसीलाई १५–९, १५–८ को सेटमा पराजित गरेका थिए ।
