पोखरामा भदौको तेस्रो साता क्लब स्तरिय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता

पोखरा,
समाज सेवामा क्रियाशिल लामा अमृत फाउण्डेशन घान्द्रुकले भदौको तेस्रो साता दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आगामी १७ देखी २१ गते सम्म पोखराको नदिपुरको कर्पाकेली समाज घर स्थित खेल मैदानमा प्रतियागिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रतियोगिताको खेल संयोजक अनिल गुरुङले पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्रदान गरिने बताए । उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १४ हजार प्रदान गरिने बताए । उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ ।

संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा पुरस्कृत गरिने जानकारी दिदै पुरुष तर्फ दर्ता शुल्क रु ५ हजार र महिला तथा भेट्रान्स तर्फ २ हजार ५ सय निर्धारण गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले सामाजिक सेवामा निरन्तर लागेर समाज रुपान्तरणमा भुमिका खेल्दै आएको बताए । प्रदेश सरकारले खेलकुदको केन्द्र बनाउन नीति सहित लागिहेकोले थप टेवा पु¥याउने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरेको जानकारी दिए । प्रतियोगिता गाउँकुनामा लुकेर रहेका प्रतिभावान खेलाडीहरुका लागि सुवर्ण अवसर बन्ने बिश्वास समेत ब्यक्त गरेका थिए ।

प्रतियोगिता अबधिभर बिभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close