
पोखरा,
नेपाल भलिबल संघको आयोजनामा सोमबार बाट काठमाडौमा सुरु हुने ‘पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनशिप २०१९’ अन्तरगत उद्घाटन खेलमा आयोजक नेपाल किर्गिस्तान संग भिड्ने भएको छ ।
आयोजकले आइतबार प्रकाशित खेल तालिका अनुसार नेपाल समुह ‘ए’ अन्तरगत किर्गिस्तान र मालदिभ्स संग पहिलो चरणको लिग खेलमा भिड्ने छ ।
यसै गरि समुह ‘बि’ अन्तरगत तुर्किमिनिस्तान, बंगालादेश, अफगानिस्तान र उज्वेकिस्तानले एक अर्का संग प्रतिष्पर्धा गर्ने भएका हुन । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने छ ।
