पोखरेली टिम राइनोजमा श्रीलंकन खेलाडी गुणरत्ने र वेष्ट इण्डिजका विलियम्स अनुवन्ध

पोखरा स्पोर्टस । असोजको दोश्रो सातादेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम पोखरा राइनोजले दुई थप दुई अन्र्तराष्ट्रिय खेलाडीलाई पनि आफ्नों टोलीमा आवद्ध गराएको छ ।

राइनोजले भर्खरै सार्वजनिक गरेका दुई अन्र्तराष्ट्रिय खेलाडीहरुमा श्रीलंकन अलराउण्डर असेला गुणरत्ने र वेष्ट इण्डिजका सफल बलर केस्रिक विलियम्स रहेका छन् । यि दुई खेलाडीको आगमनसंगै राइनोज थप सशक्त हुने भएको टिमले दावी गरेको छ ।

पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा विलियम्सको नाम सार्वजनिक गरेको थियो । विलियम्सलाई पोखराले गत वर्षनै टोलीमा अनुबन्ध गरेको थियो । तर कोरोना कारण त्यो वर्ष इपिएल हुन सकेको थिएन । उनले वेस्टइन्डिजबाट ८ ओडिआई र २६ टी– २० खेल खेलेका छन् । टी–२० मा ४१ र ओडिआईमा ९ विकेट लिएका छन् । १ सय ८ टी–२० खेलमा उनले १ सय ४० विकेट लिएका छन् ।

श्रीलंकाका दायाँ हाते ब्याट्स्म्यान तथा मिडियम पेश बलर गुणरत्ने आर्मी स्पोर्टस् क्लवका चर्चित खेलाडी हुन् । गुणरत्नेले श्रीलंकाको राष्ट्रिय टोलीबाट ७५ टी–ट्वान्टी, ३१ एकदिवसिय अन्र्तराष्ट्रिय तथा ६ वटा टेष्ट खेलेका छन् । उनले व्याटिङ्गतर्फ टी–ट्वान्टीमा ९ वटा अर्धशतक प्रहार गर्दै १ हजार ३ सय ९८ रन जोडेका छन् । ३१ एक दिवसिय अन्र्तराष्ट्रिय खेलिसकेका गुणरत्नेले १ शतक र १ अर्धशतक प्रहार गरेका छन् । त्यस्तै, ६ वटा टेष्टमा १ सतक तथा ३ अर्धशतक प्रहार गरेका छन् । बलिङ्गतर्फ टी–ट्वान्टीमा ५० विकेट, एकदिवसिय खेलमा २२ विकेट लिएका छन् भने टेष्टमा ३ विकेट लिएका छन् ।

पोखराको मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल रहेका छन् । विकेटकिपरमा विनोद भण्डारी छन् भने किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, रविन्द्र जंग शाही, अर्जुन कुमाल लगाएतका खेलाडी पोखरा राइनोजमा आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close