अफगानी भलिबल टोली काठमाण्डौ आइपुग्यो

पोखरा, २८ साउन । नेपाल भलिबल संघको आयोजनामा हुने पाँचौ एशियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा सहभागी हुन अफगानी टोली सोमबार काठमाण्डौ आईपुगेको छ ।

टोलीलाई नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के तथा संघका पदाधीकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अफगानी टोलीका प्रशिक्षक तथा कप्तानले टोलीको मुख्य लक्ष भनेको उपाधी हात पार्ने नै हो भन्दै प्राय सवै टोलीको खेल संग आफुहरु जानकार रहेको बताए ।

अफगानी टोलीले नेपाली टोली संग लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा तथा खेलकुद केन्द्रमा मैत्रीपुर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close