कास्की एन्फा लिगमा आर्दश यूवा क्लब च्याम्पियन

केशब पाठक,
पोखरा, २८ साउन । कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) ले आयोजना गरेको कास्की जिल्ला स्तरिय एन्फा लिग २०७६ मा भण्डारढिकको आर्दश यूवा क्लब च्याम्पियन भएको छ ।

लिगमा आफ्नो अपराजित यात्रा कायम गरेका विष्णुपादुकालाई मंगलबार सम्पन्न फाइनल खेलमा आर्दश यूवाले २–१ गोलले पराजित गर्दै लिग च्याम्पियन भएको हो ।

आफ्नो मैदानमा उत्कृष्ट खेल पर्दशन गर्दै आर्दशले खेलको पहिलो हाफको ४५ औं मिनेटमा विष्णु पादुका विरुद्ध पहिलो गोल गर्यो । अनिष बस्नेतले डि एरिया भित्र बाट गरेको गोलले आर्दशले खेलमा अग्रता लिएको थियो ।

यता विष्णुपादुका लाई भने बराबरी गोल फर्काउन खेलको दोश्रो हाफको ६० मिनेट कुर्नु पर्यो । विष्णुपादुकाका बिकाश गुरुङले करिब ३० यार्ड हानेको बल आर्दशका गोल रक्षक रोशन क्षेत्रीलाई विट गर्दै गोलको दिशा लिन पुगेको थियो । निकै प्रतिष्पर्धात्मक रुपका अगाडी बढेको खेलको दोश्रो हाफमा थपिएको ११० औं मिनेटमा आर्दशका समिर प्रधानले टिमका लागि दोश्रो गोल गर्दै एन्फा लिगको च्याम्पियन बनाए ।

आजको खेलमा स्थानिय दर्शकहरुको राम्रो साथ पाएको आर्दश पहिलो पटक कास्की लिग च्याम्पियन बनेको हो । जित संगै आर्दश यूवा क्लबले प्रदेशस्तरिय लिग खेल्ने अवसर समेत प्राप्त गरेको छ । लिग च्याम्पियन बनेको आर्दशले ट्रफी संगै सान्त्वना पुरुस्कार स्वरुप नगद ३० हजार र उपाविजेता रहेको विष्णु पादुकाले नगद २० हजार पाएको छ ।

यसै गरि प्रतियोगितामा आर्दश यूवा क्लबका अर्जुन राना मगर उत्कृष्ट खेलाडी घोषित भएका छन । आर्दशका आशिष केसी वेष्ट डिफेन्स, आर्दशका रोशन क्षेत्री वेष्ट किपर, विष्णु पादुकाका प्रविन थापा वेष्ट मिड फिल्डर, विष्णु पादुकाका बिशाल सुनार वेष्ट फर्वाड, अनुशासित टिम डेभिस फल युवा क्लब घाषित भएका छन । उनीहरु सबैले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । खेलमा १६ गोल गर्ने विष्णु पादुकाका समिर क्षेत्री सर्वाधिक गोलकर्ता घोषित भए ।

यहि साउन १५ गते बाट सुरु भएको कास्की एन्फा लिगमा २२ टिमको सहभागिता रहेको थियो भने कुल ५७ खेल सम्पन्न भएको कास्की एन्फाका महासचिब रमेश कार्कीले बताएका छन । कार्यक्रम एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close