विष्णु पादुका विरुद्ध डेमसाइड र आर्दश विरुद्ध सत्य यूवा सेमिफाइनलमा भिड्ने

पोखरा, २६ साउन । कास्की जिल्ला फुटबल संघ एन्फा कास्कीले संचालन गरेको कास्की जिल्ला एन्फा लिग–२०७६ अन्तरगत विष्णु पादुका यूवा क्लब हेमजा डेमसाइड यूवा क्लब संग र आर्दश यूवा क्लब भण्डारढिक बाँझापाटनको सत्य यूवा क्लब संग सेमीफाइनलमा भिड्ने भएका छन ।

आइतबार सम्पन्न अन्तिम क्वाटर फाइनल खेल पछि सेमीफाइनलमा भिड्ने चार टोलीको अन्तिम टुँगो लागेको हो ।

आज सम्पन्न खेलमा विष्णुपादुकाले इन्दे्रणी विरुद्ध ३–० को सहज जित दर्ता गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको पहिलो हाफको २५ औं र ३५ औं मिनेटमा समिर कार्कीले दुई गोल गरे भने खेलको दोश्रो हाफमा थपिएको पहिलो मिनेटमा अनमोल थापाले टिमका लागि तेश्रो गोल गरेका थिए ।

यता ड्यामसाइड यूवा क्लबले संगम क्लब विरुद्ध २–० गोलको सुखद परिणाम निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । ड्यामसाइडका लागि अजय श्रेष्ठ र सञ्जय बुढाथोकीले टिमलाई सेमीफाइनलका यात्रा तय गराए ।

युनाइटेड क्लब र आर्दश यूवा क्लब बिचको खेल भने निकै प्रतिष्पर्धात्मक रह्यो । दुवै टिमले निर्धारित समय सम्मको खेलमा १–१ गोलको बराबरी खेले पछि खेल टाइव्रेकरमा पुगेको थियो । टाईब्रेकरमा भने ४–३ गोल अन्तरले आर्दश सेमीफाइनल पुग्ने भाग्यमानी टिम बन्न पुग्यो ।

यस अघि भएको निर्धारित समयको खेलमा आर्दशका अर्जुृन रानामगरले ८ औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि त्यो अग्रता १९ औं मिनेटमा यूनाइटेडका प्रिन्स तुलाचनले गोल फर्काएर तोडेका थिए ।

यसै गरि सत्य यूवा क्लब एलजी एशोसियसन विरुद्ध ३–० गोल अन्तरले विजयी भएको छ । सत्य यूवा क्लवलाई सेमिफाइनलमा पुर्याउन ४३ औं मिनेटममा शुसम गुरुङ, ६३ औं मिनेटमा सुनिल बिक र ७२ औं मिनेटमा शिव सुवेदीले समान १–१ गोल गरेका थिए ।

सोमबार ११ बजे पहिलो सेमीफाइनल र दिउसो १ बजे दोश्रो सेमीफाइनल खेल हुने एन्फा कास्कीका महासचिब रमेश कार्कीले जनाएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close