
पोखरा, कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीले आयोजना गरेको कास्की जिल्ला स्तरिय एन्फा लिग अन्तरगत शनिवारको खेलमा एलजी क्लबले रामघाट विरुद्ध शानदार जित दर्ता गराएको छ ।
एलजीले रमाघाट विरुद्ध ७–० गोल अन्तरले बिजयी भएको हो । एलजीले यो जित संगै लिग अन्तरगत पाँच खेलमा एक खेल पराजित हुँदै १२ अंक हासिल गरेको छ भने रामघाटले पाँच खेलमा एक बराबरी खेल्दै एक अंक बटुलेको छ ।
यता विष्णु पादुकाले शितल ज्योती विरुद्ध ३–१ गोल अन्तरले बिजयी भएको छ । विष्णुपादुकाले ५ खेलमा सबै खेल जित्दै १५ अंक बटुलेको छ । उसले समुह बि मा उत्कृष्ट खेल पर्दशन गर्दै विपक्षी विरुद्ध ३१ गोल गरेको छ । यत शितलज्योती भने ५ खेलमा २ खेल मात्रै जितेर ६ अंक हासिल गरेको छ ।
आजको खेलमा सहारा क्लब पोखरा नाकोडस कलब विरुद्ध ३–० गोलले बिजयी भएको छ । सहारा क्लब गु्रप ए मा ५ खेलमा तिन खेल जित र एक खेल बराबरी खेल खेल्दै १० अंक बनाएको छ । सहारा समुहमा तेश्रो स्थानमा रहेको छ भने नाकोडस ५ खेलमा एक खेल बराबरी खेल्दै १ अंक मात्र बनाएको छ ।
त्यसै गरि अम्बर सिंह ब्याइज क्लब (एबिसी)ले भदौरे क्लब माथी ५–० गोलले जित दर्ता गरेको छ । एबिसीले ५ खेलमा एक खेल जित, एक खेल बराबरी र तिन खेलमा हार ब्योहर्दै ४ अंक बनाएको छ भने भदौरेको ५ खेलमा २ जित संगै ६ अंक रहेको छ ।
डेभिजफल यूथ क्लबले समेत एपेक्स क्लव विरुद्ध ५–० गोलको शानदार जित निकालेको छ । चार खेल खेलको एपेक्स चारै खेलमा पराजित हुँदै लिग तालिकामा अंक बटुल्न सकेको छैन भने डेभिजफलको ४ खेलमा दुई जित र दुई बराबरी खेलेर ६ अंक रहेको छ ।
