राखेप उपाध्यक्ष तिम्सिना र एनओसी सदस्य गुरुङ दिल्ली प्रस्थान

पोखरा, २० साउन । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्वर तिम्सिना र नेपाल ओलम्पिक कमिटिका सदस्य तेज गुरुङ सोमवार दिल्ली प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय एयरपोर्टमा उपाध्यक्ष तिम्सिना र एनओसी सदस्य गुरुङलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रचार प्रसार शाखाका प्रमुख दुर्गाप्रसाद दुलालले बिदाई गरे । सो अवसरमा अपाध्यक्ष तिमिल्सिनाले भने–‘राष्ट्रिय खेलकुद परिषद् १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको चटारोमा छ , निर्माण ब्यावसायी कम्पनीहरुले बोलपत्रबाट सम्झौता गरेर भिआईपी प्याराफिटको काम गर्दै छन्’ उनले थपे–‘हामी बन्दै गरेको सामाग्रीको गुणस्तर, तोकिएको सामाग्रीको अवस्था र निरक्षणलगायतका विषयमा बुझ्न हामी जान लागेका हौं ।’

सामाग्रीको अवस्था बुझ्न दिल्लीलगायत बैंगलारु र लखनउ पनि जाने कार्यक्रम रहेको जानकारी गराउदै उपाध्यक्ष तिम्सिनाले काम सम्पन्न भएका सामाग्रीको तत्काल डेलिभरीका सम्बन्धमा पनि कुरा गर्ने बताए । सदस्य गुरुङले ओलम्पिकले बिग्रिएको सम्वन्धलाई खेलको माध्यमबाट समुधुर बनाउने बताउदै ‘खेलपदाधिकारी, भारतीय ओलम्पिक कमिटिलाई हामी तयारीमा छौं भन्ने सन्देश दिनेछौं ।’

नेपाल ह्यान्डबल संघका अध्यक्ष समेत रहेका गुरुङले नेपाली ह्यान्डबल खेलाडीलाई भारतमा सागको प्रशिक्षणको व्यवस्थाका लागि समेत कुराकानी अगाडि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close