विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोइले भने–‘विश्व तेक्वान्दो महासंघ नेपाललाई सहयोगका लागि तत्पर छ’

पोखरा, २० साउन । पोखरा आएका विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोइले विशव तेक्वान्दो महासंघ नेपाललाई संधै सहयोगका लागि तत्पर रहेको बताएका छन ।

नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले नेपाल तेक्वान्दोका लागि सम्भावना भएको क्षेत्र भएको बताउँदै भने–‘नेपालका सबै ठाउँमा तेक्वान्दो खेल्न सकिन्छ नेपालमा यो खेलको राम्रो विकास हुन सक्ने सम्भावना समेत रहेको छ ।’

नेपाली खेलाडीहरुपनि यो खेलमा निकै प्रतिभाशालि भएको बताउँदै अध्यक्ष चोइले नेपाललाई सहयोग गर्न अन्र्तराष्ट्रिय महासंघ तत्पर रहेको उनले विश्वास दिलाए । यो खेलको शुरुवात कोरियाबाट भएपनि अहिले संसारभरका विभिन्न २ सय ६ राष्ट्र सहित अन्य तिन देशका सरणार्थी क्याम्पमा यो खेलको प्रभाव रहेको चोइले बताए ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, महासचिव दिपराज गुरुङ्ग, संघका गण्डकी प्रदेश अध्यक्ष जगन गुरुङ्ग, महासचिव रमेश पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नेपाली सेनाका पश्चिम पृतनापति काजिबहादुर खत्रि, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई लगायतले स्वागत गर्दै यहाँको तेक्वान्दोको अवस्थाबारे अवगत गराएका थिए ।

विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोईको नेतृत्वमा ६ सदस्यिय टोली नेपाल भ्रमणका क्रममा पोखरा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close