एन्फा कास्की लिग जारी, बेदको ह्याट्रिकमा डेभिजफलको सहज जित

पोखरा, १८ साउन । कास्की जिल्ला फुटबल संघको आयोजनामा लेखनाथमा जारी चौथो दिन बलराम स्मृती फुटबल लिग अन्तरगत पाँच खेलहरु सम्पन्न भएका छन ।

शनिवार सम्पन्न खेलमा बेद थापाको ह्याट्रिक संगै डेभिजफल यूथ क्लबले आफ्नो पक्षमा ३ अंक जोडेको छ । लेकसाइड संग ५–१ गोल अन्तरले खेल जित्दा डेभिजफलका वेद थापाको ह्याट्रिक महत्वपूर्ण रह्यो । यसै गरि अर्जुन थापा र सबिन गुरुङले समान १–१ गोल गर्दा लेकसाइडका आकाश परियारले १ गोल फर्काए । लेकसाइडको अंक तलिकामा ३ अंक छ ।

यसै गरि ड्यामसाइड यूवा क्लबले नव आर्दश यूवा क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । ड्यामसाइडलाई जिताउन अविनाश तामाङले २, सन्तोष श्रेष्ठ र अजय गुरुङले १–१ गोल गरे । ड्यामसाइड दुई खेल जितेर ६ अंक पाएको छ भने दुई खेल हारेर नव आर्दश अंक विहिन छ ।

आफ्नो पहिलो खेल खेलेको भ्याली स्पोर्टस हेमजा युनाइटेड संग पराजित भएको छ । हेमजा यूनाइटेडले भ्यालीलाई १–० गोलले पराजित गर्यो । सागर कुवंरको एक मात्र गोलले दुई खेलमा एक खेलमा हार व्योहरेको हेमजाको ३ अंक छ ।

प्रतियोगितामा राम्रो मानिएको एलजि एशोसियसनले आज भदौरे क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । विष्णुपादुका संग १७ गोलको हार व्योहेरेको भदौरेले भने आजको खेलमा राम्रो पर्दशन गर्यो । एलजीका लागि सुलेमान मगर र सिदार्थ रंजितले एक–एक गोल गरे भने भदौरेका लागि अन्जन रानामगरले एक गोल गरे । सत्य यूवा क्लब र इन्द्रेणीका विच भएको खेल सत्य यूवा क्लबले २–१ जितेको छ । सत्यले दुई खेलमा ६ अंक छ भने इन्दे्रणीको तिन खेलमा ४ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close