
पोखरा, ११ साउन । यहि मंसिरको १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न एक समिती गठन गरेको छ ।
गण्डकी प्रदेश सभाका सांसद तथा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी अनुगमन समितीको संयोजकमा र नेपाल ह्याण्डबल संघका सचिब केशब पाठक बसोबास तथा यातायत समितीको संयोजकमा रहेका छन ।
साग अन्तरगत महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरामा हुने भएकोले बन्द प्रशिक्षण समेत पोखरामा हुने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताएका छन । पोखरा रंगशालामा रहेको ह्याण्डबल एकेडेमीको मैदानलाई समेत स्त्तरोन्नती गरिने भएको अध्यक्ष गुरुङले बताएका छन ।
राष्ट्रिय खेलकुद परिषदले साग खेलका लागि मैदानको स्त्तरोन्नतीका लागि आव २०७६/०७७ मा ५० लाख रकम विनियोजन गरेको छ । उक्त रकम बाट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन ढलान गरिने र आधुनिक आउटडोर ह्याण्डबल म्याट समेत बिछ्याउने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए । साग खेलमा एकेडेमीको खेल मैदान प्रशिक्षण खेल मैदानका रुपमा प्रयोग गरिने छ भने खेलका मुख्य कार्यक्रमहरु बहुउद्धेश्यिय कभर्डहलमा हुनेछन ।
ह्याण्डबल मैदानको ढलान सहित म्याट ओछ्याउन करिब १ करोड २५ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त मैदानलाई साग अघि तयार गरि सक्न योगेन्द्र बहादुर बस्नेतको संयोजकत्वमा ९ सदस्यिय उपभोक्ता समिती गठन गरिएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । उक्त समितीको उपाध्यक्षमा राम गुरुङ र सचिबमा श्रीकृष्ण अधिकारी रहेका छन । त्यसै गरि उपाभोक्ता समितीको कोषाध्यक्षमा शान्ति थापा सदस्यहरुमा खिम गुरुङ, विश्व तञ्डुकार, पदम नेपाली, मोहन गुरुङ, र टिकाराम पुन रहेका छन ।
कास्की जिल्ला ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापाको अध्यक्षता संघका केन्द्रिय अध्यक्ष तेज गुरुङको उपस्थितीमा बैठक सम्पन्न भएको थियो ।
