पोखरा फुटबल ग्राउण्डको ‘सब सरफेस ईरिगेसन’मा अध्ययन हुँदै, सागमा खेलमा १० हजार कुर्चि मात्रै हुने

केशब पाठक,
पोखरा, ८ साउन । निमार्णाधिन पोखरा फुटबल स्टेडियमको मैदान प्राकृतिक घाँसे मैदान बनाउन निर्माण कम्पनीले सो बारे प्राविधिकहरु संग अध्ययनलाई अगाडी बढाएको छ ।

भारतको ग्रेट स्पोर्ट्स र एम ए कन्स्ट्रक्सन जावलाखेलको जोइन्ट भेन्चर कम्पनीले यस बारे अध्ययन थालेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर हरिबाबु न्यौपानेले सो अध्ययन बारेको जानकारी पोखरा स्पोर्टसलाई दिएका हुन ।

निर्माण कम्पनीले पोखरा रंगशालालाई आर्टिफिसियल ग्राउण्ड बनाउन शुरु गरिसकेको भए पनि एक साता अघि यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले निर्माण कम्पनीलाई त्यसो नर्गन भन्दै काम रोकेको थियो ।

काम सकेर सरकारलाई फुटबल स्टेडियम हस्तान्तरण गर्ने समयमा बल्ल आएर कम्पनीले भारत र थाइल्याण्ड बाट प्राविधिकहरु झिकाएर प्राकृतिक घाँसे मैदान बारे अध्ययन थालेको छ । २०७६ कार्तिक १५ गते भित्र स्टेडियमको काम सक्ने गरि निर्माण कम्पनी संग एक साता अघि सहमती गरेको मन्त्रालय र परिषदको निर्णय अनुसार ने काम अघि बढेको कम्पनीले जनाएको छ ।

के हो त सब ईरिगेसन सिष्टम ?
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नियम अनुसार प्राकृतिक घाँसे फुटबल मैदान निर्माण गर्न ‘सब सरफेस ईरिगेसन’ प्रविधी आवश्यक पर्ने कम्पनीका प्रोजेक्ट म्यानेजर न्यौपानेले बताए । ‘घाँसे मैदानमा खेलाडीलाई कुनै प्रकारको चोट आउन नदिन र घाँसलाई समेत संघै हरियो र नरम बनाउन तथा बल प्रहार गर्दा घाँसको चोइटा समेत नउप्किने तरिकाले यो प्रविधी आवश्यक पर्छ’ उनले भने–‘मैदानको तल्लो भागमा पानीका पाइपहरुको जालो बिछ्याइने र ति पाइप बाट घाँसलाई आवश्यक पानीको मात्रा पुर्याइन्छ ।’ उनले मैदानमा आवश्यक पानीको वहाव बनाई राख्न समेत स–सना खाल्टाहरु समेत रहने बताए ।

जमिन मुनी राखिएका पानीका पाइप बाट माटो भिजाउन आवश्यक मात्राको पानी बाहिर आउने र तल झर्ने प्रक्रियानै सफ्ट इरिगेसन प्रक्रिया रहेको न्यौपानेले बताए । पाकृतिक मैदान बनाउन नै प्रक्रिया शुरु भएकोले कम्पनीले भारत र थाइल्याण्ड बाट प्राविधिकहरु बोलाएको उनले बताए । त्यसमध्ये भारतिय कम्पनीले अमेरिकी प्रविधी र थाइल्याण्डको कम्पनीले बेलायतको प्रविधी अनुसार काम गरिरहेको बताउँदै न्यौपानेले पोखराका लागि सुहाउँदो प्रविधीतर्फ कम्पनीले काम अघि बढाइने बताए । घाँसे मैदानका लागि मैदान भित्र १० वटा कुराहरुमा निर्भर रहने हुनाले यो निकै चुनौतीपूर्ण रहेको र प्रविधीनै टप अप स्प्रिङ्गकुलर सिष्टम रहेको र यसैलाई फाइनल रुप दिन कम्पनी लागि परेको न्यौपाने बताउँदै तिन दिनमा फाइनल डिजाइनको काम सकिने उनले बताए ।

सागमा कति होलान सिट ?
पोखरा रंगशालामा सागमा पुरै स्टेडियम नवन्ने होकी बन्ने द्विविधा रहेका पोखरेलीहरुलाई मंंगलबार पोखरामा कुनै आशंका नराख्न भनिरहेक थिए । पत्रकार संगको साक्षात्कारमा समेत मन्त्रिले सम्झौतामा भनिए जस्तै गरि स्टेडियम तयार हुने बताए पनि निर्माण कम्पनीले भने १० हजार सिट मात्रै राख्ने जनाएको छ ।

पोखरा फुटबल स्टेडियम १६ हजार ५ सय दर्शक क्षमता बन्ने सम्झौता गरिएको भए पनि अब १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा १० हजार कुर्ची मात्रै राखिने भएको निर्माण कम्पनीले जनाएको हो । ‘खेललाई कुनै वाधा नर्पान र निर्माण सामाग्री समेत कुनै नराखी कन साग सम्मलाई १० हजार कुर्ची राख्ने तयारी भएको छ’ कम्पनीका प्रोजेकट म्यानेजर न्यौपानेले भने–‘साग हुन्छ निर्माण कम्पनी कुनै द्विविधामा छैन, बाँकी कुर्ची हामी साग पछि फिक्स गर्छौ ।’

यूवा तथा खेलकुद मन्त्रालय अन्तरगत राष्ट्रिय खेलकुद परिषदले भारतको ग्रेट स्पोर्ट्स र एम.ए कन्स्ट्रक्सन जावलाखेलको जोइन्ट भेन्चर कम्पनीलाई ग्लोबल टेन्डर अनुसार १ अर्व २८ करोडमा काम गर्न २०७५ पुष १३ गते सम्झौता गरेको थियो ।

ति दुई जोइन्ट भेन्चर कम्पनीलाई ६ महिना भित्र काम सक्ने गरि २०७५ फागुन २६ गते यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले शिलान्यास गरेका थिए । जस अनुसार उक्त निर्माणको काम २०७६ असार मसान्तमा सक्नु पर्ने थियो । तर निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर न्यौपानेले टेण्डरका सबै मर्यादालाई बिर्सेर काम सक्ने र साग गर्ने स्पिरिटमा अगाडी बढेको दावी गरे ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close