सदस्य सचिव सिलवालद्वारा सफ्ट टेनिसलाई कोर्ट हस्तान्तरण

पोखरा, ६ साउन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले सातदोवाटोमा नव–निर्मित सफ्ट टेनिस कोर्ट संघलाई हस्तान्तरण गरेका छन् ।

सदस्य सचिव सिलवालले सोमबार त्रिपुरेश्वरस्थित सदस्य सचिवको कार्यालयमा संघका अध्यक्ष विनय विक्रम शाहलाई साँचो प्रदान गर्दै नव–निर्मित कोर्ट हस्तान्तरण गरेका हुन् । निर्माण सम्पन्न भएर पनि बन्द गरेर राखिएकोले खेलाडीहरुलाई निकै मर्का परेको बताउँदै आएका थिए ।

आफ्नै कोर्ट नभएका कारण विभिन्न स्थानमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै आएको संघले अव आफ्नै कोर्टमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्नेछ ।  संघले १३ औं साग खेलकुदका लागि बन्द प्रशिक्षणका लागि निकै सजिलो हुने भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close