पोखरामा बास्केटबल फिबा रेफ्रि क्लिनिक शुरु, ‘खेलकुदको बिकास नभई समृद्धी असम्भब’– आर्थिक मामिला मन्त्रि गुरुङ

पोखरा, ६ साउन । पोखरामा राष्ट्रिय रेफ्रिहरुका लागि दुई दिने फिबा रेफ्रि क्लिनिक शुरु भएको छ । फिबा एशिया रिजनल अफिसको तत्वाधानमा, नेपाल बास्केटबल संघ र कास्की जिल्ला बास्केटबल संघको शंयूक्त आयोजनामा सोमबार बाट उक्त प्रशिक्षण शुरु भएको हो ।

उक्त कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले खेलकुद क्षेत्रको बिकास नभई मुलुकले चाहेको आर्थिक समृद्धी सम्भब नहुने बताएका छन । उनले भने–‘खेलमा कसले हार्यो कसले जित्यो भन्दा पनि राष्ट्रिय पहिचानका लागि खेलकुद अपरिहार्य छ ।’

राज्यले विगतमा खेलकुद बिकासतर्फ ध्यान नदिंदा चाहे जस्तो बिकास गर्न नसकेको बताउँदै मन्त्रि गुरुङले अहिले आएर खेलकुदको बिकास निकै चुनौतीका रुपमा रहेको बताए । खेलकुदमा अहिले सम्म बैज्ञानिक ज्ञानको आधारमा भन्दा पनि मुढेबलका आधारमा अगाडी बढेकोले समस्या आएको तर्क अघि सार्दै मन्त्रि गुरुङले खेलाडीलाई मनोवैज्ञानिक रुपमा समेत तयार गर्न प्रदेश सरकारले खेलकुद एकेडेमी बनाउने तर्फ अगाडी बढेको बताए ।

सो अवसरमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पोखरा रंगशालाको गेटमा रहेको बास्केटबल कोर्टलाई व्यवस्थित बनाउन आफूले सक्दो सहयोग गर्ने धारणा राख्दै भने–‘बास्केटबल यूवा पिढीमा लोकप्रिय भए पनि रंगशालाको कोर्टकोे अवस्था हेर्ने हो भने कहाली लाग्दो छ ।’ उनले यसको मर्मत संगै चेन्जिङ रुम तुरुन्तै बनाउन पहल गर्ने आश्वासन समेत दिए ।

कार्यक्रममा बोल्दै नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङले विश्वमा शान्तिको सन्देश फैलाउन मात्रै नभई यूवालाई समेत शसक्तिकरण गर्ने भूमिकाका लागि खेलकुदको महत्वपूर्ण रहेको बताउँदै १३ औं दक्षिण एशियाली खेलकुदका लागि समेत बास्केटबल रेफ्रि क्लिनकले समेत भूमिका खेल्ने बताए ।

कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा फिबा रेफ्रि मार्बिन एगो, संघका सचिब कृष्ण गुरुङ सदस्य अर्जुन परियारले समेत रेफ्रि क्लिनिका विविध पक्ष बारे जानकारी दिएका थिए ।

दुई दिन सम्म चल्ने उक्त रेफ्रि क्लिनिकमा विभिन्न जिल्लाका करिब ३० जना राष्ट्रिय बास्केटबल रेफ्रिहरुको सहभागिता रहेको छ । उनीहरुलाई फिबा अन्तर्राष्ट्रिय रेफ्रि तथा प्रशिक्षक मार्बिन एगोले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । काठमाडौ बाहिर यस्तो रेफ्रि क्लिनिक पहिलो पटक हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close