पदकधारी कराँते खेलाडीहरु स्वदेश फिर्ता

पोखरा, २ साउन । नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपमा एक स्वर्ण पदक, एक रजत र दुई कास्य पदक हासिल गरेका पदकधारी खेलाडीहरु सहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ ।

थाइल्याण्डको बैंकक स्थित इन्डोर स्टेडियम हौमार्कमा भएको खेलमा ४८ के.जी. मुनिको तौल समुहमा कुमुते तर्फ सबिना श्रेष्ठले चिनकी खेलाडीलाई पराजित गरि नेपालको लागि स्वर्ण पदक हासिल गरेकी थिइन भने सोनी राईले ५३ के.जी. मुनिको तौल समुहमा कुमुते तर्फ रजत पदक , अनिस लामीछानेले ५५ के.जी. मुनि र राजकुमार रसाईलीले ६७ के.जी. मुनिको तौल समुहमा कुमुते तर्फ कास्य पदक हासिल गर्न सफल भए ।

नेपाली टोलिलाई जिल्ला युवा समितिका काठमाडौका अध्यक्ष निरेशलाल सिंह, तारकेश्वर न.पा र टोखा न.पा का जनप्रतिनिधिहरु अमृत थापा, श्याम मर्हजन, सानुकान्छा मर्हजन, श्रीकाजी मर्हजन रिदेशलाल सिंह साथै मनमैजु डोजो र मनमैजु  क्लबका सल्लाहाकार र स्थानिय बुद्घिजिबि, खेलप्रेमी लगायतले बाजागाजा सहित नेपाली कराते टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close