एनभिए लिग : गण्डकीको टिममा तीन भारतिय खेलाडी, रवि टिममा फर्किए

पोखरा स्पोर्टस । यहि जेठ १९ गतेबाट काठमाण्डौमा सुरु हुने एनभिए भलिबल लिगमा गण्डकीको टिममा तीन भारतीय खेलाडीलाई स्थान दिइएको छ ।

खोम प्रसाद पाण्डेय (हरि)को कप्तानीमा उत्रिने गण्डकीको टिममा तीन भारतीय खेलाडी मोहन उक्रपाण्डियन, रमन कुमार र सहया एन्थोनी राज सन्तोषलाई समावेश गरिएको छ । हालै कर्मथलोको रुपमा जापानलाई रोजेका रवि केसी समेत टिममा फर्किएका छन् । यूवा खेलाडी रवि टिममा फर्किए पछि गण्डकीको टिम बलियो र सन्तुलित हुने विश्वास लिइएको छ ।

यसै गरी टिममा सुजन चोख्याल, हिमाल सुनारी, इन्द्र विक, विश्वास अधिकारी, जीवन सुनार, राजन थापा र कुञ्जन शाही टिममा समावेश छन् ।

टिमको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा किरण गुरौ र व्यवस्थापकमा सन्तोष विक रहेका छन् । किरण र सन्तोष समेत गण्डकीका खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close