राष्ट्रपति रनिङ शिल्डमा छात्र भलिबलको उपाधी गण्डकीले जित्यो

पोखरा, ३१ असार । केन्द्रियस्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत छात्र भलिबल तर्फको उपाधी गण्डकी प्रदेशले जितेको छ ।

यस अघि फाइनलमा छात्रा तर्फको उपाधी समेत जितेको गण्डकीले छात्र तर्फ पनि जित्दै गण्डकी भलिबल खेलमा अव्वल रहेको पुष्टि गरेको छ ।

छात्र तर्फको फाइनल खेलमा गण्डकीले फाइनलमा सुदुरपश्चिमलाई २७–२५, २५–२३ र २५–२१ को सोझो सेटमा पाखा लगाएको हो ।

यस अघि छात्रा तर्फ फाइनलमा गण्डकीले प्रदेश नं ५ लाई २५–१८, २५–१३, २२–२५, २५–२७ र १५–७ ले जितेको थियो ।

छात्र र छात्रा तर्फको दुबैमा उपाधी जिते पछि अब यो टिमलाई राष्ट्रियस्तरको बनाउन आफूले पहल गर्ने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close