
पोखरा, ३० असार । काठमाण्डौमा जारि केन्द्रियस्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत भलिबलतर्फ छात्र–छात्रामा गण्डकीका दुवै टिम उपाधी नजिक पुगेका छन ।
छात्र तर्फ गण्डकीले सुदूरपश्चिम र छात्रा तर्फ प्रदेश ५ संग उपाधीका लागि भिड्ने भएका हुन । त्यसै गरि छात्र तर्फ प्रदेश ५ र छात्रा तर्फ सुदूरपश्चिम तेश्रो भयो ।
कराते
११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत करातेमा सोमबार प्रदेश ५ टिम च्याम्पियन बनेको छ । प्रदेश ५ ले ४ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्यसाथ दोश्रो तथा १ स्वर्ण, ३ रजत र ८ कांस्यसाथ प्रदेश ४ तेश्रो भयो ।
छात्र एकल कातामा प्रदेश ५ का आजादसिंह राना मगर, ४२ केजीमा प्रदेश १ का मोहम्मद अमन, ४७ केजीमा प्रदेश ४ का विमल थापा र ५२ केजीमा प्रदेश ५ का यमबहादुर समल पहिलो भए । छात्रा एकल कातामा प्रदेश ५ की अनिता पुन मगर, ४० केजीमा प्रदेश १ की ओसिस श्रेष्ठ, ४५ केजीमा प्रदेश ५ की अनिता पुन मगर र ५० केजीमा प्रदेश १ की प्रीति बस्नेतले स्वर्ण जिते ।
।
कबड्डी
कबड्डीतर्फ छात्रमा प्रदेश १ पहिलो, प्रदेश ५ दोश्रो तथा सुदूरपश्चिम र गण्डकी तेश्रो भए । छात्रामा सुदूरपश्चिम पहिलो, प्रदेश ५ दोश्रो तथा गण्डकी र प्रदेश १ तेश्रो बने ।
