
पोखरा, २३ साउन । कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीले आयोजना गरेको कास्की जिल्ला फुटबल लिग अन्तरगत सहारा क्लब पोखरा र नयाँबजार यूवा क्लवले १–१ गोलको बराबरीमा रोकिए पछि लिगमा अंक बाड्न बाध्य भएका छन ।
एक दिन रोकिएर विहिबार बाट सुचारु भएको खेलमा सहाराका लागि अपूर्व रानाभाटले र नयाँबजारका लागि राज हिताङले गोल गरे ।
यता अन्नपूर्ण गाउँ पालिकाको भदौरे क्लबले भने आजको खेल राम्रो खेल पर्दशन गर्दै शितलज्योतीलाई ३–२ गोलले पराजित गरेको छ । खेलमा भदौरेका लागि सञ्जय दर्जीले ह्याट्रिक पुरा गरेका हुन । तर शितलज्योतीका लगि भने सरोज बिकले आफ्नो टिमका लागि २ गोल फर्काए ।
त्यसै गरि एक अर्को खेलमा यूनाइटेड क्लबले नव आदर्शलाई २–१ ले पराजित गरेको छ । यूनाइटेडका लागि प्रिन्स तुलाचन र रेशम नेपाली टिमका लागि समान १–१ गोल गरे भने नव आर्दशका लागि कृष्ण पुनले १ गोल गरे ।
यसै गरि आज सम्पन्न तेश्रो खेलमा संगम यूवा क्लबले लेकसाइड यूवा क्लवलाई ३–० गोलले पन्छाएको छ । संगमका लागि सुमित श्रेष्ठ, बिनोद गुरुङ र मनिष क्षेत्रीले समान १–१ गोल गरे ।
सम्पन्न लिग खेलमा एलजी क्लबले अम्बर सिंह ब्याइज क्लब माथी ३–० गोलले जित दर्ता गरेको छ । एलजीका लागि सुलेमान थापा मगरले २ गोल गरे भने शिदार्थ रंजितले १ गोल गरेको एन्फा कास्कीका महासचिब रमेश कार्कीले जनाएका छन ।
